शतप्रतिशत बजेट कार्यान्वयन गर्न मुख्यमन्त्रीको निर्देशन

साभार ९ भाद्र २०७८, बुधबार ०९:१३

सुर्खेत –कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले कालिकोट जिल्लाका कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। गत आर्थिक वर्षको समीक्षा गर्दै चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट जिल्लामा आएका योजनाहरूको बजेट कार्यान्वयन पूर्ण रूपमा गर्न शाहीले निर्देशन दिएका हुन् ।

त्यसका लागि जिल्ला स्थित सम्पूर्ण कार्यालयका कर्मचारीहरू जिम्मेवारी पूर्वक काम गर्नुहोस्,’शाहीले भने,‘कर्मचारीहरूको कामको रिपोर्टिङको प्रस्तुति कमजोर देखिएको छ। कर्मचारीहरूले काममा अलि जाँगर लगाउनुप–यो।’

मंगलबार कालिकोटका सम्पूर्ण कार्यालय प्रमुखसँगको छलफलमा क्रममा मुख्यमन्त्री शाहीले कर्मचारीले आफूले गरेको कामको डाटा सुरक्षित तरिकाले राख्न पनि अनुरोध गरेका छन्।

त्यो आधारमा कर्मचारीको कामको मूल्याङ्कन हुन्छ,’ शाहीले भने ,‘आफ्नो जिम्मेवारी बुझ्न जरुरी छ। अहिले हामीले जुन गतिले काम गरिरहेका छौँ,त्यो तरिकाले हामी सफल हुँदैनौँ। जनताको माग भनेको एक बाट १० मा जाऊँ भन्ने छ । हामी सुस्त गतिमा हिँड्यौँ।’

साथै मुख्यमन्त्री शाहीले आवश्यकता भन्दा पनि व्यक्तिको चाहना अनुसार योजना गएकाले त्यसलाई रोक्न र कामलाई प्रभावकारी बनाउनका लागि अनुगमनलाई प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्।

चालु आर्थिक वर्षको बजेट शतप्रतिशत कार्यान्वयन गर्न तीर सबै कार्यालय प्रमुखहरू लाग्नुहोस्,’मुख्यमन्त्री शाहीले भने,‘ प्रमुख जिल्ला अधिकारीले प्रत्येक महिनाको कामको प्रगतिको बारेमा समीक्षा गर्नुहोस्

 

Next Post

एकताको सन्देशसहित एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

९ भाद्र २०७८, बुधबार ०९:१३
काठमाडौं –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै छन्। आज विहान ११ बजे तुलसीलाल अमात्य भवन च्यासलमा ओलीले पत्रकार सम्मेलन गर्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। नेकपा एमालेमा लामो रस्साकस्सीपछि असन्तुष्ट नेताहरुले एकताको सन्देश दिएसँगै ओलीले आज पार्टी एकताको सन्देश र देउवा सरकारको डेढ महिने समीक्षाका […]