कइलकुनामा पक्की पुल निर्माणको शिल्यान्यास

कर्णालीदृष्टी संवाददाता ६ फाल्गुन २०७८, शुक्रबार १८:५४

दैलेख । दैलेखको दुल्लु नगरपालीका ११ कालभैरव र नारायण नगरपालीका ९ जोड्ने कईलकुनामा पक्कीपुल निर्माणको शिल्यान्यास गरिएको छ ।

शुक्रबार कर्णाली प्रदेश सभा सदस्य सुशील थापा, दुल्लु नगरपालीकाका नगर प्रमुख घनश्याम भण्डारी, वडा नम्बर ११ का वडाअध्यक्ष खगेन्द्र बहादूर थापा र निर्माणकर्ता डिल बहादूर थापा लगाएतको उपस्थितीमा संयूक्त रुपमा बिधीवत रुपमा पुजापाठ गर्दै पुलको शिल्यान्यास गरिएको हो ।

पुलको शिल्यान्यास गर्दै दुल्लु नगरपालीकाका मेयर घनश्याम भण्डारीले पुल निर्माण पश्चात स्थानीयलाई आवत जावतमा यसअघी हुदै आईरहेको समस्याको अन्त्य हुने बताउनुभयो ।

पुल नहुदा बर्षातको समयमा स्थानीयलाई आवतजावत र सवारी साधन ओहोरदोहोर गर्न समस्या हुदै आईरहेको छ ।

नगरप्रमुख भण्डारीले स्थानीयको मागअनुसार पुल शिलान्यास गरिएको र पुल निर्माण कार्यमा सबैको साथ रहेमा निर्धारीत समय अगावै निर्माण कार्य सम्पन्न हुने पनि बताउनुभयो ।

५० मिटर लम्बाई र ११ मिटर चौडाई हुने गरी निर्माण हुन लागेको पुलकोे सपना आरभी जेवी कन्ट्रक्सनले निर्माण कार्यको जिम्मा लिएको छ ।

प्रदेश सरकारको सहयोगमा पुर्वाधार बिकास कार्यालय दैलेखमार्फत निर्माण हुन लागेको पुल कुल ४ करोड ५७ लाख बराबरको लागतमा निर्माण हुन लागेको बताईएको छ ।

Next Post

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

६ फाल्गुन २०७८, शुक्रबार १८:५४
काठमाण्डौ । आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा […]