दैलेखको भैरबी गाउँपालिकामा नेपाली काँग्रेस विजयी

कर्णालीदृष्टी संवाददाता २ जेष्ठ २०७९, सोमबार ०६:३९

दैलेख । दैलेखको भैरबी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपालि कांग्रेसका उम्मेदवार बिजयी भएका छन । गाउँपालिकाको अध्यक्षमा रिता शाही र उपाध्यक्षमा देवी भण्डारी निर्वाचित भएसंगै पालिकाको दुवै मुख्य पदमा महिला उम्मेदार बिजयी भएका छन ।

भैरवी गाउपालिकाको अध्यक्षमा नेपालि कांग्रेसकी रिता शाही ३ हजार ९ सय ७६ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका सर्वराज महताराले ३ हजार ९ सय ६० मत पाउनुभयो । गाउँपालिकाको अध्यक्षमा निर्वाचित शाही नेपाली काँग्रेस दैलेखको उपसभापति समेत हुनुहुन्छ ।

यस्तै भैरवि गाउपालिकाको उपाध्यक्षमा पनि नेपालि कांग्रेसकै देवी भण्डारी बिजयी हुनुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा भैरबी गाउँपालिका–३ को वडाध्यक्षमा निर्वाचित भण्डारी अहिले ३ हजार ३ सय ७४ मत प्राप्त गर्दै उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

उहाँका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका पदमकुमारी विस्टले ३ हजार २ सय २७ मत प्राप्त गर्नुभयो । विस्ट २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

भैरवि गाउँपालिकामा ४ वटा वडामा एमाले, २ वटामा काँग्रेस र १ वटामा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।

Next Post

गुराँस गाउँपालिका अध्यक्षमा टोपबहादुर विसी र उपाध्यक्षमा शिवाकुमारी खड्का विजयी

२ जेष्ठ २०७९, सोमबार ०६:३९
दैलेख । दैलेखको गुराँस गाउँपालिकामा नेकपा एमालेको उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा एमालेका टोपबहादुर बिसी र उपाध्यक्षमा एमालेकै शिवाकुमारी खड्का विजयी हुनुभएको हो । एमालेका टोपबहादुर बिसी ४ हजार ६ सय ८१ मत सहित गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्धन्द्धी नेपालि कांग्रेसका गाउँपालिकाको निवर्तमान अध्यक्ष […]