लिबियामा डुंगा दुर्घटना एकको मृत्यु १६ बेपत्ता

साभार ९ भाद्र २०७८, बुधबार १०:०७

एजेन्सी – लिबियामा आप्राबासी चढेको डुंगा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् ।

लिबियाको पश्चिमी शहर जुवाराको तटीय क्षेत्रमा भएको दुर्घटनामा ५१ जनाको जिबितै उद्धार गरिएको छ । ७० जना आप्रावासी चढेको उक्त डुंगा मौसम खराब भएका कारण डुबेको आशंका गरिएको छ ।

बेपत्ताहरुको खोजी कार्य जारी राखिएको छ । लिबियामा गत महिना मात्रै दुइवटा डुंगा दुर्घटना हुँदा ८० जना आप्राबासीहरुको ज्यान गएको थियो ।

यसैगरी गत अप्रीलमा भएको डुगा दुर्घटनामा १ सय ३० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Next Post

नेकपा एमाले द्धारा बलात्कार आरोपी कर्णाली प्रदेशका मन्त्री शाहीलाई तत्काल बर्खास्त गर्न माग

९ भाद्र २०७८, बुधबार १०:०७
  सुर्खेत – नेकपा एमालेले बलात्कार आरोपी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। एमालेले घटना विवरणसहित बहालवाला मन्त्रीका बारेमा सार्वजनिक भइसक्दा पनि सरकार र सत्ता पक्ष चुप लागेर बस्नु गम्भीर भएको बताएको हो । ‘कर्णालीमा माओवादी केन्द्र र कांग्रेसको संयुक्त […]