आजदेखि बाघ गणना सुरु

कर्णालीदृष्टी संवाददाता १९ मंसिर २०७८, आईतवार ०८:३५

काठमाण्डाै – आजदेखि बाघ गणना सुरु हुँदैछ । बाघ गणना चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट सुरु हुँदैछ ।

नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सबैभन्दा धेरै चितवनमा छन् । बाघ गणनामा सरकार र सहयोगी संस्थाको ३ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

गणनाका लागि बाघ पाइने ५ वटा निकुञ्ज र बाहिरको क्षेत्र समेटेर तीन वटा कम्प्लेक्स बनाइएको छ । पहिलो चरणमा चितवन–पर्सा कम्प्लेक्सबाट गणना सुरु हुनेछ । बाघको बासस्थल रहेको सबैजसो क्षेत्रमा जङ्गली हात्ती आउजाउ गर्छन् । कतिपय अवस्थामा गैँडाले समेत आक्रमण गर्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ ।

गणनाका क्रममा बाघ ओहोरदोहोर गर्ने क्षेत्र र बाटो पत्ता लगाएर स्वचालित क्यामरा राखिन्छ । क्यामरा पार गरेर बाघ गए आफैँ फोटो खिचिन्छ । क्यामरामा कैद भएका बाघको तस्बिर हेरेर त्यो क्षेत्रमा कति बाघ छन् भनेर थाहा हुने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो ।

गणनामा प्रयोग हुने क्यामरा विशेष खालको हुने र अनुसन्धानात्मक कामबाहेक अन्यत्र प्रयोग गर्न नमिल्ने उहाँले बताउनुभयो । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको सम्मेलनमा नेपालले सन् २०२२ सम्म बाघको सङ्ख्या २ सय ५० को हाराहारी पुर्याउने घोषणा गरेको थियो । नेपालमा अहिले २ सय ३५ वटा बाघ छन् ।

Next Post

भारतको नागाल्यान्डमा भएको सैन्य कारबाहीमा १३ सर्वसाधारणको ज्यान गयो

१९ मंसिर २०७८, आईतवार ०८:३५
काठमाण्डाै – भारतको नागाल्यान्ड राज्यमा  शनिवार राति भएको सैन्य कारबाहीमा कम्तीमा १३ जना सर्वसाधारणको ज्यान गएको छ । म्यानमारसँगको सीमा नजिक मोन जिल्लामा गस्ति गरिरहेको सैन्य टोलीले खानीमा काम गर्ने स्थानीयहरू कामबाट फर्किरहेका बेला गोली चलाएको बीबीसीले जनाएको छ । शवहरू थुपारिएको ट्रक फेला पारेपछि रिसाएका स्थानीयवासीले सुरक्षा अधिकारीमाथि आक्रमण […]