गायिका बुनु श्रेष्ठको नँया राष्टिय गीत ‘लहरोस चन्द्र सुर्य झण्डा‘ सार्वजनिक(डियोसहित)

चक्र प्रसाद पोख्रेल ११ माघ २०७७, आईतवार २०:५२

काठमाडौं :साउण्डमिल रेकर्डिङ स्टुडियोको प्रस्तुतिमा गायिका बुनु श्रेष्ठको नँया राष्टिय गीत लहरावस चन्द्र सूर्य झण्डा बोलको गीत सार्वजनिक भएको छ ।विगत लामो समय देखी गीतसंगतिमा अनवरत रुपमा लागीपरेकी गायिका श्रेष्ठको यस गीतले देशभक्ती भाव बोकेको पाइन्छ ।गीतमा हरेक नेपालिको अनुहार सधै हसिलो देख्न पाइयोस,हिमाल पहाड तराईको सधै उन्नती देख्न पाइयोस भन्ने कुरा समेटिएको छ ।साथै यस गीतमा विभिन्न जातजातिहरुको भेषभुषा ,भाषा संस्कृतिलाई समेटिएकोछ भने देशमा भएका युवाहरुले एकढिक्का भएर देशको लागी केहि गर्न अगाडि वढ्नुपर्ने संदेश फैलाइएको छ ।
गायिका बुनु श्रेष्ठको आवाजमा सजिएको यस गीतलाई चर्चित गीतकार डा.गोविन्द टण्डनले लेखेकाछन भने,संगीत राजनराज सियाकोटीले गरेकाछन त्यसैगरी यस गीतलाई एरेन्ज शाहस शाक्यले गरेकाछन भने महेश्वरमान राजभण्डारीले
रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ गरेको यस गीतको म्युजिक भिडियो निर्देशन पनि गायिका श्रेष्ठलेनै गरेकीछन ।
यस गीतलाई स्टुडियो साउण्ड मिलको अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Next Post

बालुवाटार घेर्न हिँडेका नागरिक अगुवामाथि पानीको फोहोरा र लाठी चार्ज

११ माघ २०७७, आईतवार २०:५२
काठमाडौं :संसद्‍ विघटनको विरोध गर्दै बालुवाटार क्षेत्रमा मार्चपास गर्दै हिँडेका नागरिक अगुवामाथि प्रहरीले बल प्रयोग गर्नुका साथै पानीको फोहोरा हानेको छ।प्रधानमन्त्रीको कदमविरुद्ध बालुवाटारतर्फ जाने क्रममा उनीहरूलाई प्रहरीले टंगालको भाटभटेनीनजिकै लाठीचार्ज र पानीको फोहरा हानेको हो। यसक्रममा १३ जना घाइते भएको बताइएको छ। मार्चपासमा लेखक तथा विश्लेषक नारायण वाग्ले, चिकित्सा शिक्षा […]

सम्बन्धित समाचार