अव्यवस्थित ताररपोलहरू ७ दिनभित्र हटाउन सुर्खेत प्रशासनको ‘अल्टिमेटम’

कृष्णा शर्मा ३० भाद्र २०७८, बुधबार १३:४६

सुर्खेत – अव्यवस्थित ताररपोलहरू ७ दिनभित्र हटाउन सुर्खेत प्रशासनको ‘अल्टिमेटम’

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अव्यवस्थित तार र पोलहरूले सहरको सौन्दर्य घटाएको भन्दै ७ दिनभित्र यस्ता तार र पोलहरू हटाउन सुर्खेत प्रशासनले ‘अल्टिमेटम’ दिएको छ। इन्टरनेट, केबुल नेटवर्क, विद्युत्का जमिनबाट कम उचाइमा रहेका, लत्रिएका, प्रयोग नभएका अनावश्यक तारहरू हटाउन र व्यवस्थित गर्न ‘अल्टिमेटम’ दिएको हो ।

प्रदेशको राजधानी वीरेन्द्रनगरमा दैनिक जसो लोडसेडिङले गर्दा उपभोक्ताहरूले हैरानी खेप्नु परेको छ। पुराना कमजोर संरचनाले गर्दा हावा चले विद्युत् अवरुद्ध हुने परम्परा जस्तै बनेको छ । विगत ५ दिन यता कर्णालीका सबै जसो जिल्लामा पटक–पटक विद्युत् अवरुद्ध हुने गरेको छ । विद्युत् अनियमित हुँदा सेवा प्रवाहमा समेत समस्या भएको छ।

यसैलाई मध्यनजर गरी नेपाल टेलिकम र विद्युत् प्राधिकरणले प्रयोग नभएका, सडे गलेका र रिप्लेश गरी जमिनमै छाडिएका पोलहरूको समेत तत्काल उपयुक्त तरिकाले व्यवस्था गर्न निर्देशन गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।उनले भने,‘इन्टरनेट, केबुल नेटवर्कका सेवा प्रदायकहरूले नेपाल विद्युत् प्राधिकरण तथा नेपाल टेलिकमसँग समन्वयन नगरी पोलहरूमार्फत तारहरू जडान नगर्न आग्रह गरिएको छ।’

अव्यवस्थित तारहरूले सहरी सौन्दर्य घटाएको र दुर्घटनाको समेत हुने गरेको छ,’उनले भने । साथै यो विषयमा आगामी असोज ६ गते नेपाल टेलिकमका कार्यालय प्रमुखको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत् प्राधिकरण, हुलाक निर्देशनालय र सेवा प्रदायकहरूको प्रतिनिधि सम्मिलित टोलीले स्थलगत अनुगमन गरी प्रतिवेदन समेत पेस गर्ने भएको छ ।

Next Post

स्वास्थ्य मापदण्डसहित कक्षा १२ को परीक्षा सुरु

३० भाद्र २०७८, बुधबार १३:४६
काठमाडौं – कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै सुरु भएको छ। कोरोना भाइरसको जोखिमका कारण दुईपटक स्थगित भइसकेको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरुको भौतिक उपस्थितीमै आज ९बुधबार० बिहान ११ बजेबाट सुरु भएको हो। देशभर ४ हजार ३१५ वटा परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षा असोज ८ गतेसम्म चल्नेछ। […]