सेवा प्रवाहलाई प्रभावकारी र स्तरीय बनाउन दैलेखका सरोकारवालाहरुद्धारा निगरानी ।।

कर्णालीदृष्टी संवाददाता ७ आश्विन २०७८, बिहीबार १८:३३

दैलेख । सेवा प्रवाहलाई प्रभावकारी र स्तरीय बनाउन दैलेखका सरोकारवालाहरुले निगरानी राख्न थालेका छन ।

जिल्लाका राजनितिक दल, पत्रकार, स्थानीय नागरिक समाजले कृषि स्वास्थ ,शिक्षा क्षेत्रका गतिविधि माथि निगरानी राख्न थालेका हुन ।

सुन्दर नेपाल संस्था पारस्परिक जवाफदेहीता परियोजनाले दैलेखमा आयोजना गरेको कार्यक्रममा कृषि, शिक्षा क्षेत्र,स्वास्थ क्षेत्रमा भएका समस्या हरेक गतिविधिमा भएका समस्या हरेक गतिविधिमा छलफल भएको छ ।

छलफलमा बोल्दै गैरसरकारी संस्था महासंघ दैलेखका अध्यक्ष महारुप खत्रीले कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा प्रयाप्त जनशक्ति अभाव भएको र सेवा प्रभावकारी नदेखिएको गुनासो गर्नुभयो । विगतदेखि सेवाप्रवाह अपेक्षाअनुरूप नभएकोले जनगुनासो बढ्दै गएको खत्रीको भनाई छ ।

शिक्षकको क्षमता विकास तथा प्रारम्भिक बाल शिक्षा कार्यक्रमको दिगो तथा गुणात्मक विकासका लागि स्थानीय स्तरमा सहकार्य गरेर अगाडी बढ्न आग्रह गर्दै शिक्षा क्षेत्र ,स्वास्थ क्षेत्रमा धेरै समस्याको हुने भएकोले सुधार गर्न जरुरी देखिएको खत्रिले बताउनुभयो ।

यस्तै शिक्षक कृष्ण थापाले नागरिक सेवा निगरानीका लागि नागरिक समाज संग समन्वयात्मक छलफल कार्यक्रममा स्वास्थ क्षेत्र, शिक्षा क्षेत्रमा कार्यालयबाट हुने सेवा प्रवाहमा प्रभावकारिताका र पारस्परिक हुनुपर्ने, सबैले आफ्नो ठाउँबाट निगरानी गरिरहेको जानकारी दिनुभयो ।

शिक्षा स्वास्थ्य क्षेत्रमा भएको समस्या लागि हामीले पटकपटक सम्बन्धित निकाय, स्थानीय सरकारलाई जानकारी दिएको सुनुवाइ भएको छैन शिक्षक थापाले गुनासो गर्नूभयो । कार्यक्रममा समाजसेवि, राजनितिक दल, पत्रकार ,नागरिक समाजले सुझाव दिएका थिए ।

Next Post

देउवाको गृहजिल्लामा पुनः वडा अधिवेशनको माग गर्दै रिले अनशन

७ आश्विन २०७८, बिहीबार १८:३३
डडेल्धुरा – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेस कार्यकर्ताले रिले अनशन सुरु गरेका छन्। डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नुपर्ने माग गर्दै पार्टी कार्यालयमा बिहीबारदेखि रिले अनशन सुरु गरिएको हो। चार बुँदे मागसहित आफूहरू रिले अनशनमा बसेको कांग्रेस डडेल्धुराका कार्यवाहक सभापति करुणाकर भट्टले बताए। हटाइएका क्रियाशील सदस्यता […]