गणेशमान सिंहको २४ औं स्मृति दिवस बिभीन्न कार्यक्रम गरी मनाइँदै ।।

कर्णालीदृष्टी संवाददाता २ आश्विन २०७८, शनिबार ०९:१८

काठमाण्डौ – २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

१९७२ साल कात्तिक २४ गते काठमाण्डौको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भइ राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

सिंहले वीपी कोइरालासँग मिलेर २००३ सालमा नेपाली कांग्रेस स्थापना गर्नुभएको थियो । २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा गणेशमानले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष समेत गरेका थिए ।

२०१७ सालमा शाही शासन सुरु भएपछि आठ वर्ष निरन्तर कारावासको सजाय भोगेकाले उहाँलाई लौहपुरुष पनि भनिन्छ । गणेशमानले २०४६ सालमा राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

Next Post

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी ।।

२ आश्विन २०७८, शनिबार ०९:१८
काठमाण्डौ । नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि असोज २२ गते प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेका छन् । राष्ट्रिय राजनीति नाटकीय रुपमा परिवर्तन नभए उनले विश्वासको मत पाउँदैनन् । विश्वासको मत लिने समयलाई पछि धकेलेर भदौं ३० गते मुख्यमन्त्री आचार्यले […]

सम्बन्धित समाचार