मुलुकको विकास र समृद्धिका लागि एमालेको सरकार आश्यक छ : अध्यक्ष ओली

कर्णालीदृष्टी संवाददाता १७ चैत्र २०७८, बिहीबार १६:५२

दैलेख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि नेकपा (एमाले) नेतृत्वको सरकार बन्नुपर्ने बताउनुभएको छ । बिहीबार जुम्लाको सिंजा र कालिकोटको आमसभामा सहभागी हुन जाने क्रममा दैलेखको दुल्लुमा आयोजित पार्टी कार्यकर्ता भेटघाटमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफू प्रधानमन्त्री भएको बेला विकास र समृद्धि देख्न नसक्ने शक्तिले आफूलाई अदालत गएर हटाएको आरोप लगाउनुभयो । उहाँले दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण आफ्नै नेतृत्वको सरकारले सुरु गरेको बताउँदै त्यसको उत्खनन छिटै हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणका लागि भारतीय जिएमआर कम्पनीले लगानी जुटाउन नसकेको भए पनि अब भने छिटै निर्माण हुन्छ ।’

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले गरेका राम्रा काम जनताका बीचमा राखेर लैजानुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सदरमुकामदेखि पालिकासम्म जोड्ने सडक कालोपत्रे गर्न शिलान्यास गरेको भए पनि अहिलेको सरकारले काम गर्ने क्षमता नभएर सबै योजना काटेको आरोप लगाउँदै पुनः एमालेको सरकार आए काम अगाडि बढाउने बताउनुभयो ।

Next Post

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको मेयरका लागि एमालेबाट शाही उम्मेदवार

१७ चैत्र २०७८, बिहीबार १६:५२
दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाको मेयरका लागि नेकपा एमालेले सूर्यबहादुर शाहीलाई उम्मेदवार चयन गरेको छ । आईतबार बसेको नगर कमिटी बैठकले शाहीलाई मेयरका लागि उम्मेदवार बनाउँने निर्णय गरेको हो । शाही पूर्व राष्ट्रिय भूमि आयोगका दैलेख जिल्ला अध्यक्ष सँगै नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष एवं कर्णाली प्रदेश कमिटी सदस्य […]