बस र ट्रक ठोक्किँदा मकवानपुरमा ३ जनाको मृत्यु, १० जना घाइते

कर्णाली दृष्टि संवादाता २९ फाल्गुन २०७७, शनिबार ०८:४०

 

हेटौंडा :पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी-६ सुनाचुरीमा रात्रीबस र ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।

शनिबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिसाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा बसका चालक वीरगञ्ज महानगरपालिका-१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ३५/४० वर्षीय अभयलाल कुश्वाह र बिहारका ४० वर्षीय सुनिलकुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बस चालक थापा र सुनिल कुमारको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज र कुश्वाहको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा बस र ट्रकका सवार घाइते १० जनाको हेटौंडामा र भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

दुलही पठाउन हिँडेको बस दुर्घटना, ३७ जना घाइते

२९ फाल्गुन २०७७, शनिबार ०८:४०
काठमाडौं :बाँकेको राप्ती सोनारी गाउँपालिका-३ बैसामा बस दुर्घटना हँदा ३७ जना घाइते भएका छन । घाइते मध्य एकजनाको अवस्था गम्भीर रहेको छ ।ना३ख ९७५९ नम्बरको बस शुक्रबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस राप्ती सोनारीबाटै दाङको देउखुसी दुलही पुर्‍याउन हिँडेको थियो । […]