दैलेखमा आयोजीत बुद्धिचाल प्रतियोगिता सकियो, १० औ स्थान सम्मका खेलाडीलाई पुरस्कार प्रदान ।।

कर्णालीदृष्टी संवाददाता ४ आश्विन २०७८, सोमबार ०८:२८

दैलेख । संबिधान दिवसको अवसरमा दैलेखमा आयोजना गरिएको अन्तर प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । बुद्धिचाल संघ दैलेखको आयोजनामा ३ दिनसम्म चलेको प्रतियोगितामा बिजयी बिभिन्न पदका खेलाडीहरुलाई नगद पुरस्कार तथा सम्मान गरिएको छ ।

बिभिन्न ६ प्रदेशका ६४ खेलाडिहरुको सहभागिता भएको बुद्धिचाल संघका केन्द्रीय सदस्य शक्ति बहादुर बुढाले जानकारी दिए । उनले प्रतियोगिता ११ वर्ष देखि ६१ वर्षसम्मका खेलाडिहरुको सहभागिता रहेको जनाए ।

प्रतियोगिता सहभागि मध्ये खुल्ला पुरुष तर्फ पूणराज पौडेल (स्याँग्जा) प्रथम भएका छन् । द्रोसोमा शुरत दाहाल (झापा) का रहेका छन् । यस्तै तेस्रो हुनेमा टेकराज पाठक (कञ्चनपुर) लगायत दशौ स्थान सम्मका खेलाडीलाई पुरस्कार प्रदान गरिएको बुद्धिचालसंघ दैलेखका अध्यक्ष निरक रावलले जानकारी दिएका छन् ।

त्यस्तै, महिला खुल्ला तर्फ, प्रथम सृजना लोहनी (नुवाकोट) द्रोसो सिन्धीरा जैसी (काठमाडौं) की रहेकी छन् भने तेस्रोमा आवा पुडासैनी काठमाडौं की रहेकी छन् । उनि सँगै दशौं स्थान सम्म आउने खेलाडीलाई पुरस्कार प्रदान गरिएको छ ।

१२ बर्ष मुनिको खेलमा अनुपजंग शाही, रेटिगंतर्फ मदन ओली, बिलो १४५० रेटिगं मुनि संगम पोखरेल, स्थानीय छात्र तर्फ विकास ठाकुर पहिलो, सागर शाही दोस्रो र विवेक शाही तेस्रो भएका छन् । छात्रातर्फ सदिक्षा बुढा प्रथम, सुमिता सुनार दोस्रो र जमुना शाही तेस्रो भएका छन् । बेस्ट खेलाडी तर्फ चैबेन्द्र पुन मगर रहेका छन् ।

पुरस्कृत खेलाडीहरु मध्ये खुल्ला तर्फ पहिलो हुनेलाई ३० हजार देखि दशौं स्थान सम्म आउने खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो । महिला तर्फ प्रथम हुनेलाई २० हजार देखि दशौं स्थान सम्मका खेलाडीलाई पुरस्कार प्रदान गरिएको र अन्यको हकमा प्रथम हुनेलाई ५ हजार देखि तेस्रो स्थानसम्म पुरस्कार प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।

बिभिन्न बिद्यामा गरी कुल २ लाख ३० हजार रकम पुरस्कार स्वरुप प्रदान गरिएको थियो । खेलाडीहरुको आउन जान र होटल वासको समेत व्यवस्थापन आयोजकले नै गरेको केन्द्रीय सदस्य शक्ति बुढाले जानकारी दिएका छन् ।

Next Post

भेरी पम्पिङको टेन्डर दसैंअघि हुने

४ आश्विन २०७८, सोमबार ०८:२८
वीरेन्द्रनगर — सुर्खेत उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सुरु हुन लागेको भेरी पम्पिङ आयोजनाको टेन्डर दसैंअघि हुने भएको छ । सुर्खेत उपत्यका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अनुसार आयोजनाको डीपीआर तयार भइसकेकाले चाँडै टेन्डर हुन थालेको हो । भेरीको पानी अमृतडाँडासम्म ल्याउनका लागि इन्टेक निर्माण गर्न नयाँ पहिचान गरिएको स्थान अवलोकन […]