बालबिवाह कसूरमा दैलेखमा २ जना पक्राउ

कर्णालीदृष्टी संवाददाता ९ मंसिर २०७८, बिहीबार ०७:१८

दैलेख । बालविवाह गरेको कसूरमा दैलेख प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको डुंगेश्वर गाउँपालिका–५ बस्ने विक्रम नेपाली र बालिका रहेका प्रहरीले जनाएको छ ।

बालिकालाई ललाई फकाई प्रलोभनमा पारी विवाह गरेर घरमा राखेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद साहले बताउनुभयो ।

दुवै जनालाई अनुसन्धानका लागि दैलेख अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रमुख शाहले जानकारी दिनुभयो ।

 

Next Post

मानव बेचबिखन तथा ओसार पसार मुद्धामा एक महिला पुर्पक्षका लागी कारागार चलान

९ मंसिर २०७८, बिहीबार ०७:१८
दैलेख । मानव बेचबिखन तथा ओसार पसार मुद्धामा जिल्ला प्रहरी कार्यालय दैलेखले एक जनालाई पुर्पक्षका लागी कारागार चलान गरेको छ । कारागार चलान हुनेमा शोभाकुमारी बोहरा रहेको प्रहरीले जनाएको छ । मानव वेचबिखन तथा ओसारपसार मूद्धामा अनुसन्धान कार्य सम्पन्न भई सरकारी वकिल कार्यालय दैलेखमार्फत जिल्ला अदालत दैलेखमा पेश गरिएको थियो […]