तालिबानद्वारा संयुक्त राष्ट्रसंघको महासभामा आफूहरूलाई बोल्न दिन आग्रह ।।

कर्णालीदृष्टी संवाददाता ६ आश्विन २०७८, बुधबार १४:४२

काठमाण्डौ – अफगानिस्तानको तालिबान समूहले संयुक्त राष्ट्रसंघको महासभामा आफूहरुलाई बोल्न दिन आग्रह गरेको छ ।

न्युयोर्कमा चलिरहेको राष्ट्रसङ्घीय महासभामा विश्व नेताहरूलाई सम्बोधन गर्न पाउनका लागि तालिबानले आग्रह गरेको बीबीसीले जनाएको छ ।

तालिबान समूहका विदेशमन्त्री आमिर खान मुताकीले सोमबार अनुरोधसहितको पत्र संयुक्त राष्ट्रसंघमा पठाएको र यसबारेमा राष्ट्रसंघको एक समितिले टुङ्गो लगाउने खबरमा उल्लेख छ । समितिमा अमेरिका, चीन र रुससहितका नौ देशहरू छन् ।

कतारले विश्व नेताहरूलाई तालिबानलाई संलग्न गराउन भनेको छ । तालिबानले पछिल्लो सरकारका पालामा राष्ट्रसङ्घ पठाइएका राजदूतले यतिखेर आफ्नो सरकारको प्रतिनिधित्व नगर्ने जनाएको छ ।

साथै दोहामा रहेका आफ्ना प्रवक्ता सुहेल शाहीनलाई राष्ट्रसङ्घका लागि आफ्ना राजदूत नियुक्त समेत गरेको छ ।

यतिखेर राष्ट्रसंघका लागि अफ्गान राजदूतमा गुलाम इसाकजाई कार्यरत छन् । महासभाको अन्तिम दिन अर्थात् सेप्टेम्बर २७ मा इसाकजाईले नै मन्तव्य दिने अनुमान छ ।

Next Post

वडा अध्यक्ष कार्यकक्षमा नभेटेपछि पेट्रोल छर्केर कार्यालयमा आगजनी-Karnali drishti

६ आश्विन २०७८, बुधबार १४:४२
सुर्खेत | कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं.–१ का वडा अध्यक्ष गंगाराम सुनार एउटा विशेष कार्यक्रमका लागि राजधानी कै एक होटलमा सहभागी थिए । बुधबार बिहानैदेखि कार्यक्रममा सरिक भएका उनलाई १०:१५ तिर वडा कार्यालयकै लेन्डलाइन नम्बरबाट फोन आयो । उनले फोन रिसिभ गरे । फोन रिसिभ हुनेबित्तिकै उनलाई […]