अमेरिकाले आउँदो मे १२ मा कोभिड शिखर सम्मेलन गर्ने

कर्णालीदृष्टी संवाददाता ६ बैशाख २०७९, मंगलवार ०८:२२

अमेरिकाले आउँदो मे १२ मा कोभिड शिखर सम्मेलन गर्ने भएको छ ।

कोरोना महामारीको अन्त्य र भविष्यमा हुने उथलपुथलको योजना बनाउनको लागि विश्वव्यापी शिखर सम्मेलन आयोजना गर्न लागेको ह्वाइटहाउसलाई उदृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ ।

शिखर सम्मेलनमा वर्तमान जी सेभेनकाे अध्यक्ष जर्मनी, जी २० को अध्यक्ष इन्डोनेसिया, अफ्रिकी सङ्घ अध्यक्ष सेनेगल र बेलिज, क्यारिकोम क्यारिबियन समूहको अहिलेका अध्यक्ष देशहरुसहित अमेरिकाले भर्चुअल भेलाको सह–अध्यक्षता गर्नेछ ।

शिखर सम्मेलनले कोभिड–१९ महामारीको तीव्र चरणको अन्त्य गर्न र भविष्यमा देखापर्न सक्ने स्वास्थ्य खतराहरूको लागि तयारी गर्न सामूहिक प्रयासलाई दोब्बर बनाउने ह्वाइटहाउसले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना महामारी नियन्त्रण उन्मुख भइरहेका बेला चीन, भारत लगायतका देशमा पुनः सङ्क्रमण बढ्न थालेपछि विश्वव्यापी चिन्ता बढेको छ।

Next Post

इङ्ग्लिस प्रिमियर लिग : आजराति लिभरपुल र म्यानचेस्टर युनाइटेड खेल्दै

६ बैशाख २०७९, मंगलवार ०८:२२
इङ्ग्लिस प्रिमियर लिगमा आजराति म्यानचेस्टर युनाइटेड र लिभरपुल खेल्दैछन् । दुई ठूला क्लबबीचको खेल राति पौने एक बजे एनफिल्डमा हुनेछ । लिभरपुल अङ्कतालिकाको दोस्रो स्थानमा छ । उसले ३१ खेलमा ७३ अङ्क जोडेको छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको समान खेलमा ७४ अङ्क छ । लिभरपुल सिटीभन्दा एक अङ्कको दूरीमा छ […]