कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छु । सभापति गगन थापा

कर्णाली दृष्टि संवाददाता २ माघ २०८२, बिहीबार ०७:५२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकर्ताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवेशनस्थलमा नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै थापाले नेपाली कांग्रेसका सदस्यले पार्टीप्रति गर्व गर्ने अवस्था निर्माण भएको बताए ।

उनले भने, विश्वासका साथ तपाईँहरूले मलाई सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ, कसैको पनि शिर निहुरिने अवस्था आउन दिने छैन । नेपाली कांग्रेसको शान कायम राख्छु । यो पार्टीमा लाग्ने सबै साथीहरूले नेपाली कांग्रेस भएकोमा गौरव गर्ने वातावरण बनाउँछु । नागरिक अप्ठ्यारोमा पर्दा ‘कांग्रेस छ’ भन्ने अनुभूति गराउने काम पार्टीले गर्नेछ ।’

सभापति थापाले विशेष महाधिवेशनलाई कांग्रेसको इतिहास मात्र नभई आधुनिक नेपालको राजनीतिक इतिहासमै भुईँ तहका कार्यकर्ताले गरेको सबैभन्दा ठुलो हस्तक्षेपका रूपमा व्याख्या गरे ।, भुईँ तहका कार्यकर्ता भनेका जनताका प्रतिनिधि हुन्, नागरिक हुन् । दलभित्र नागरिकले गरेको हस्तक्षेप नै यो विशेष महाधिवेशन हो,उनले भने ।

नेपाली कांग्रेस कुनै हालतमा नफुटेको स्पष्ट पार्दै थापाले वैधानिक रूपमा गरिएको विशेष महाधिवेशनबाट पार्टी फुट्यो भन्ने प्रश्न नै नउठ्ने दाबी गरे ।

यसअघि केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले सभापति पदमा गगनकुमार थापा निर्विरोध निर्वाचित भएको जानकारील दिए।

Next Post

चौकुने गाउँपालिका–८ का ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

२ माघ २०८२, बिहीबार ०७:५२
सुर्खेत । चौकुने गाउँपालिका वडा नं, ८ को कार्यालयद्वारा वडा भित्रका ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको छ। चिसो मौसमलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा १०१ वर्षीया ज्येष्ठ आमा लिलावती घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि चौकुने गाउँपालिकाका अध्यक्ष खड्क बिवस बासपाने रहनुभएको थियो भने विशेष […]

सम्बन्धित समाचार