दैलेखका ११ स्थानीय तहमध्ये ५ स्थानीय तहको परिणाम सार्वजनीक

पाँचै तहमा देउवा पक्ष विजयी ।।

कर्णालीदृष्टी संवाददाता १० आश्विन २०७८, आईतवार १०:०८
  • Hदैलेख । दैलेखका ११ वटा स्थानीय तहमध्ये पाँच वटा स्थानीय तहको नेपाली काँग्रेसको १४ औं महाधिवेशनको निर्वाचन परिणाम सार्वजनिक भएको छ । निर्वाचन परिणाम अनुसार दैलेखमा देउवा पक्ष हावी हुने देखिएको छ ।

दैलेखको नारायण नगरपालिकामा देउवा खेमा तर्फका उम्मेद्वार मनोज थापा विजयी हुनुभएको छ । उहाले पौडेल समूहका सुवास थापालाई पराजित गर्नुभएको हो ।

नौमुले गाउँपालिकामा गंगबहादुर शाहीले बिजयी हुनुभएको छ ् । गंगबहादुर शाही, मोतिलाल बस्नेत र कर्णबहादुर खत्रीले सभापतिमा उम्मेद्वारी दिएका थिए ।

चामुण्डाविन्द्रासैनी नगरपालीकामा जगत बहादुर शाही निर्वाचीत हुनुभएको छ । उहाले पौडेल समूहका जोगी शाहीलाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो ।

यस्तै डुंगेश्वर गाउँपालिकामा पनि देउवा पक्षका भीमबहादुर भट्ट विजयी हुनुभएको छ । भट्टले गंगबहादुर खत्रीलाई परािजित गर्नुभएको हो ।

यस्तै दुल्लु नगरपालिकामा देउवापक्षकै लालबहादुर रावत सभापति बन्नुभएको छ । त्यहाँबाट जिल्ला सभापतिमा दावेदारका रुपमा हेरिएका घनश्याम भण्डारी चुनाव लडने भएका कारण त्यहाँ सहमतिमै नेतृत्व चयन भएको हो ।

यद्यपी आधिकारिक रुपमा घोषणा हुनभने बाँकी रहेको दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिनुभयो ।

दैलेखका वाँकी स्थानीय तहमा सर्वसम्मत नेतृत्वको पहल भइरहेको काँग्रेस दैलेख स्रोतले जानकारी दिएको छ ।

Next Post

पहिलोपटक कर्णाली प्रदेशसभामा गैरसरकारी विधेयक दर्ता

१० आश्विन २०७८, आईतवार १०:०८
सुर्खेत । कर्णाली प्रदेशसभामा ‘पहिलो गैरसरकारी विधेयक’ को रूपमा ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ दर्ता भएको छ । जुम्ला जिल्लाबाट निर्वाचित प्रदेश सांसद एवम् पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेशसभामा विधेयक दर्ता गराउनूभएको हो । यो गैरसरकारी विधेयक नेपालको प्रादेशिक संरचनाको अभ्यासका क्रममा पहिलोपटक दर्ता भएको हो […]