देलेख । निजी जग्गामा उत्पादित सालको काठ बिक्री वितरणमा सहज बनाउन दैलेखका स्थानियले सरकारवालाहरुलाई माग गरेका छन् ।
पारिवारिक निजी वन संघ नेपाल दैलेखले आयोजना गरेको कार्यक्रममा उनीहरुले कृषि बाली सरह साल लगायतका प्रजातिमा रुख तथा काठ बेच्न पाउने अधिकार स्थापित हुने गरी कानून निर्माण गर्न स्थानिय सरकारसँग माग गरेका हुन् ।
यस्तै नारायण नगरपालिका दैलेखका मेयर रत्न बहादुर खड्काले आफुले स्थानिय सरकारबाट हुने सहयोग पुरा गर्ने बताउनुभएको छ ।
स्थानियले सोधेको प्रश्नमा निजी बनमा उत्पादन गरिएका साल लगायका प्रजातिमा रुख तथा काठ बेच्न पाउनुपर्ने कुरामा आफुले स्थानिय सरकारबाट पहल गर्ने मेयर खड्काले बताउनुभयो ।