दाउरा काट्दै गर्दा ढुंगाले लागेर दैलेखमा एक जनाको ज्यान गयो

कर्णालीदृष्टी संवाददाता ३ चैत्र २०७८, बिहीबार १८:०५

दैलेख – दाउरा काट्दै गर्दा भीरबाट खसेको ढुंगाले चोट लागेर दैलेखमा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

भगवतीमाई गाउँपालिका ६ नं. वडा कार्यालयका कार्यालय सहयोगी गणेशबहादुर खत्रीको ज्यान गएको बेस्तडा प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) खगिराम सारुले जानकारी दिनुभयो ।

घर नजिकैको दाडीखोला भन्ने जंगलमा रुखमा चढेर काटेको सुकेको हाँगा भित्तामा ठोकिएर खसेको ढुंगा खत्रीको टाउकोमा लागेर घाइते भएपछि उपचारको लागि सदरमुकाम ल्याउदै गर्दा बाटोमा ज्यान गएका असई सारुले बताउनुभयो ।

घरकै भाई र छिमेकी समेत दाउरा काट्न संगै गएका कारण घाइतेलाई तत्काल उद्धार गरेर जिल्ला अस्पताल लैजादै गरेकोमा भगवतीमाई गाउँपालिका–१ हुलाक टाकुरा पुग्दा प्राण गएको मृतकका बुबा दिलबहादुर खत्रीले बताउनुभयो ।

Next Post

राजीनामा पत्र पठाएका विष्टले प्रदेशसभा छाडेको सनाखत गराए

३ चैत्र २०७८, बिहीबार १८:०५
सुर्खेत । गत फागुन २७ मा इमेल मार्फत राजीनामा पत्र दर्ता गराएका कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्टले प्रदेशसभा सदस्य छाडेको सनाखत गर्नुभएको छ । शुक्रबार सभामुख राजबहादुर शाही समक्ष उहाले सनाखत गर्नुभएको हो । विष्टले काठमाडौंमा नै पत्रकार सम्मेलन गरेर पार्टी, प्रमुख सचेतक र प्रदेशसभा सदस्य पदबाट राजीनामाको घोषणा गर्नुभएको […]

सम्बन्धित समाचार