पञ्जाबमा आम आदमीले जिते स्वास्थ्य सेवा निःशुल्क गर्ने ।।

कर्णालीदृष्टी संवाददाता १५ आश्विन २०७८, शुक्रबार ०७:३०

काठमाण्डौ । भारतको आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले पञ्जाब प्रदेशमा आफ्नो पार्टीले जिते स्वास्थ्य सेवा निःशुल्क गर्ने घोषणा गरेका छन ।

दिल्लीका मुख्यमन्त्रीसमेत रहेका केजरीवालले पञ्जाबमा पनि आफ्नो पार्टीको सरकार बनाउने गरी आफ्ना उम्मेदवारहरूलाई जिताउन आग्रहगरेका हुन ।

पञ्जाबमा हुन लागेको विधान सभाको चुनावका लागि लुधियानामा बिहीवार भएको पत्रकार सम्मेलनमा उनले भने ‘हाम्रो पार्टीलाई जिताउनुस्, यस प्रदेशमा बस्ने सबै बासिन्दालाई स्वास्थ्य सेवा निःशुल्क गर्नेछौँ ।

पञ्जाबमा स्वास्थ्य सेवा राम्रो नभएको टिप्पणी गर्दै उनले त्यसको सुधार आम आदमी पार्टीको सरकारले गर्ने दाबीसमेत गरे । सरकारी स्वास्थ्य संस्थाहरूमा सेवा राम्रो नहुँदा नीजि स्वास्थ्य संस्थाहरूले आम नागरिकलाई नराम्रोसँग ठगेको उनको भनाइ छ ।

मुख्यमन्त्री केजरीवालले भने, ‘सात वर्ष अगाडि दिल्लीमा पनि यस्तै नराम्रो अवस्था थियो, तर अहिले हाम्रो सरकार आएपछि सरकारी स्वास्थ्य सेवामा धेरै सुधार भएको छ ।’

‘म प्रतिबद्धता गर्दछु कि पञ्जाबमा पनि हाम्रो सरकार बनाउने अवसर पाएमा त्यस्तै बनाउने छौँ’उनले भने । केजरीवालले पञ्जाबका नागरिकलाई स्वास्थ्य परीक्षण, औषधि, उपचार, शल्यक्रिया लगायत ६ प्रकारका सेवा निःशुल्क गराउने दाबी गरेका छन ।

Next Post

कांग्रेस दैलेखद्धारा शुभकामना आद्रान प्रदान ।।

१५ आश्विन २०७८, शुक्रबार ०७:३०
दैलेख । नेपाली कांग्रेस दैलेखले गाउँ नगर तथा प्रदेशमा निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना आद्रानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कांग्रेस जिल्ला कार्यस मिती दैलेखको आयोजनामा शुक्रबार सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी पार्टीको १४ औमाहाधीबेशन अन्र्तरगत भएका निर्वाचनमा निर्वाचित पदाधीकारीहरुलाई शुभकामना प्रदान गरीएको हो । जिल्लाका ९० वटा वडाका सभापति […]