कांग्रेस दैलेखद्धारा शुभकामना आद्रान प्रदान ।।

खगेन्द्र राना मगर १६ आश्विन २०७८, शनिबार ०७:३३

दैलेख । नेपाली कांग्रेस दैलेखले गाउँ नगर तथा प्रदेशमा निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना आद्रानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कांग्रेस जिल्ला कार्यस मिती दैलेखको आयोजनामा शुक्रबार सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी पार्टीको १४ औमाहाधीबेशन अन्र्तरगत भएका निर्वाचनमा निर्वाचित पदाधीकारीहरुलाई शुभकामना प्रदान गरीएको हो ।

जिल्लाका ९० वटा वडाका सभापति तथा ११ वटा स्थानीय तहका सभापति लगायत चयन भएका नया कार्य समितीका पदाधीकारीहरु तथा निर्वाचनमा हार व्यहोरेका पार्टीका पदाधीकारीहरु समेतलाई एकै ठाउमा भेला गराई बधाई तथा शुभकामना आद्रान प्रदान गरिएको नेपाली कांग्रेस दैलेखले जनाएको छ ।

पूर्व स्थानीय राज्यमन्त्री गणेश बहादुर खड्काको प्रमुख आथित्यमा भएको कार्यक्रम नेपाली कांग्रेस दैलेखका पार्टी सभापति कृष्ण कुमार विसीको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

नवनिर्वाचीत पदाधीकारीहरुलाई बधाई तथा शुभकामना दिदै पूर्व स्थानीय राज्यमन्त्री गणेश बहादुर खड्काले दैलेखका सम्पूर्ण स्थानीय तहमा कांग्रेसले जिल्लाका लागि आन्तरिक मनमुटावलाई थाती राखेर पार्टी एकढिक्का भएर सर्वसम्मतिको प्रयास गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै पार्टी सभापति कृष्णा कुमार बिसीले चुनावको क्रममा भएका तिता मिठा कुरालाई मेटाउन र कांग्रेसको एकताको सन्देश दिनलाई कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीले अहिलेको आवश्यकतो अग्रजलाई सम्मान र युवालाई स्थान दिने रहेको बताउनुभयो । कार्यक्रममा नवनिर्वाचीत पदाधीकारीहरु लगाएत जिल्लाभरका ३ सय बढी कांग्रेस कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

Next Post

अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस दैलेखमा मनाईने ।।

१६ आश्विन २०७८, शनिबार ०७:३३
दैलेख । अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस दैलेखमा पनि बिभीन्न कार्यक्रम गरेर मनाईने भएको छ । सन १९८९ बाट हरेक बर्ष अक्टुबर १३ का दिन मनाउँदै आईरहेको यो दिवस यस बर्ष दैलेखमा पनि विविध कार्यक्रम गरी मनाईने भएको हो । ‘जुटेर मात्र सम्भव छ जोखिम न्यूनिकरण’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय […]