न्युजिल्याण्डले भावी पुस्ताका लागि चुरोट बिक्रीमा प्रतिबन्ध लगाउने

कर्णालीदृष्टी संवाददाता २४ मंसिर २०७८, शुक्रबार ०७:४५

काठमाण्डाै – न्युजिल्यान्डले सुर्तीजन्य उद्याेगमा कडा प्रतिबन्ध लगाउन गइरहेकाे छ । न्युजिल्यान्ड सरकारले युवाहरूलाई चुराेट किन्न प्रतिबन्ध लगाउने याेजना बनाएकाे छ । धूम्रपानलाई कम गर्ने अन्य प्रयासमा निकै लामाे समय लागिरहेकाे भन्दै यस्ताे याेजना ल्याइएकाे सरकारले बताएकाे छ ।

नयाँ याेजनाअनुसार १४ वर्षभन्दा कम उमेरकालाई सन् २०२७ देखि चुराेट किन्ने अनुमति दिइने छैन । न्युजिल्यान्ड सरकारकाे लक्ष्य सुर्तीजन्य वस्तु बेच्ने र सबै उत्पादनमा निकाेटिनकाे स्तर कटाैती गर्नु हाे ।

न्युजिल्यान्डका एसाेसिएट स्वास्थ्यमन्त्री आयशा वेराले भन्नुभयाे, ‘युवाले कहिल्यै धूम्रपान सुर नगरून् भन्ने सुनिश्चित गर्न चाहन्छाैँ । यसैका लागि हामी युवाहरूकाे नयाँ समूहलाई धूम्रपान गर्ने सुर्तीजन्य उत्पादनलाई बेच्ने या आपूर्ति गर्ने कामलाई अपराधका रूपमा ताेक्छाैँ ।’

सन् २०२२ काे अन्त्यसम्म याे कानुन बनाउने उद्देश्यका लागि न्युजिल्यान्ड सरकारले आउँदाे जुन महिनामा संसदमा कानुन पेस गर्नेछ तर त्यसअघि सरकारले आउँदा महिनामा माओरी स्वास्थ्य कार्य बलसँग परामर्श गर्नेछ ।

यसपछि प्रतिबन्धलाई सन् २०२४ देखि विभिन्न चरणमा सुरु गरिनेछ, जसकाे सुरुवात अधिकृत ब्रिकेताहरूकाे सङ्ख्यामा तीव्र कमीकाे साथ हुनेछ, त्यसपछि सन् २०२५ मा निकाेटिनकाे आवश्यकतामा कमी हुने र सन् २०२७ देखि ‘धूम्रपान–मुक्त’ पिँढी बन्ने बताइएकाे छ ।

न्युजिल्यान्डमा धूम्रपानका कारण हरेक वर्ष झन्डै पाँच हजार जनाकाे ज्यान जाने गरेकाे छ । सरकारकाे याे कदमलाई स्वास्थ्य अधिकारीहरूले स्वागत गरेका छन् । खुद्रा बिक्रेताहरूले भने आफ्नाे व्यवसायमा पर्ने प्रभावकाे बारेमा चिन्ता व्यक्त गरेका छन् ।

न्युजिल्यान्डले सुर्तीजन्य उद्याेगमा कडा प्रतिबन्ध लगाउन गइरहेकाे छ । न्युजिल्यान्ड सरकारले युवाहरूलाई चुराेट किन्न प्रतिबन्ध लगाउने याेजना बनाएकाे छ । धूम्रपानलाई कम गर्ने अन्य प्रयासमा निकै लामाे समय लागिरहेकाे भन्दै यस्ताे याेजना ल्याइएकाे सरकारले बताएकाे छ ।

नयाँ याेजनाअनुसार १४ वर्षभन्दा कम उमेरकालाई सन् २०२७ देखि चुराेट किन्ने अनुमति दिइने छैन । न्युजिल्यान्ड सरकारकाे लक्ष्य सुर्तीजन्य वस्तु बेच्ने र सबै उत्पादनमा निकाेटिनकाे स्तर कटाैती गर्नु हाे ।

न्युजिल्यान्डका एसाेसिएट स्वास्थ्यमन्त्री आयशा वेराले भन्नुभयाे, ‘युवाले कहिल्यै धूम्रपान सुर नगरून् भन्ने सुनिश्चित गर्न चाहन्छाैँ । यसैका लागि हामी युवाहरूकाे नयाँ समूहलाई धूम्रपान गर्ने सुर्तीजन्य उत्पादनलाई बेच्ने या आपूर्ति गर्ने कामलाई अपराधका रूपमा ताेक्छाैँ ।’

सन् २०२२ काे अन्त्यसम्म याे कानुन बनाउने उद्देश्यका लागि न्युजिल्यान्ड सरकारले आउँदाे जुन महिनामा संसदमा कानुन पेस गर्नेछ तर त्यसअघि सरकारले आउँदा महिनामा माओरी स्वास्थ्य कार्य बलसँग परामर्श गर्नेछ ।

यसपछि प्रतिबन्धलाई सन् २०२४ देखि विभिन्न चरणमा सुरु गरिनेछ, जसकाे सुरुवात अधिकृत ब्रिकेताहरूकाे सङ्ख्यामा तीव्र कमीकाे साथ हुनेछ, त्यसपछि सन् २०२५ मा निकाेटिनकाे आवश्यकतामा कमी हुने र सन् २०२७ देखि ‘धूम्रपान–मुक्त’ पिँढी बन्ने बताइएकाे छ ।

न्युजिल्यान्डमा धूम्रपानका कारण हरेक वर्ष झन्डै पाँच हजार जनाकाे ज्यान जाने गरेकाे छ । सरकारकाे याे कदमलाई स्वास्थ्य अधिकारीहरूले स्वागत गरेका छन् । खुद्रा बिक्रेताहरूले भने आफ्नाे व्यवसायमा पर्ने प्रभावकाे बारेमा चिन्ता व्यक्त गरेका छन् ।

Next Post

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि

२४ मंसिर २०७८, शुक्रबार ०७:४५
काठमाण्डौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि काठमाण्डौमा सुुरु हुँदैछ । महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा १ सय ५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको कांग्रेसले जनाएको छ । उद्घाटन कार्यक्रममा मुख्य दलका प्रमुख तथा प्रतिनिधिहरुले सम्बोधन गर्नेछन् । विदेशबाट भारतको भारतीय जनता […]

सम्बन्धित समाचार