जया र कंगनाको वाकयुद्ध

खबरदृष्टि ३० भाद्र २०७७, मंगलवार १६:०१

मंगलबार राज्यसभामा बलिउड कलाकार तथा समाजवादी पार्टीकी सांसद जया बच्चनले प्रस्तुत गरेको भनाइलाई लिएर नायिका कंगना रनावत आक्रोशित भएकी छिन् । योसँगै जया र कंगनाविच वाकयुद्ध सुरु भएको छ । जयाले कुनै पनि कलाकारको नाम नलिई भनेकी थिइन्–‘चलचित्र क्षेत्रबाट नाम कमाउनेहरु यसलाई फोहोरी ठाउँ भनिरहेका छन् । मलाई आशा छ कि, सरकारले यी मानिसहरुलाई यस्तो भाषा प्रयोग नगर्न भन्नेछ ।’

जयाले भनिन्–‘केही मानिसहरुका कारण सिंगो बलिउड नगरीको छविलाई दुषित गर्न मिल्दैन । मलाई लाज लाग्छ कि, लोकसभामै हाम्रा एक सदस्य जो चलचित्र उद्योगसँग जोडिएका छन्, उनले यसको विरुद्धमा बोलेका छन् । यो लाजको बिषय हो । जुन थालमा खायो सोही थालमा थुक्न मिल्दैन ।’

जयाको यो भनाइपछि आक्रोशित कंगनाले ट्विट गर्दै लेखेकी छिन्–‘जया जी, तपाइले यो कुरा त्यतीबेला वुझ्नु हुन्थ्यो जतिबेला मेरो स्थानमा तपाइकी छोरीमाथि हातपात हुन्थ्यो, उसलाई नशा दिइन्थ्यो र युवा अवस्थामा उसको शोषण हुन्थ्यो ।

के तपाई त्यतीबेला पनि यो कुरा भन्न सक्नुहुन्थ्यो कि, जतिबेला तपाइको छोरा अभिषेकमाथि निरन्तर ह्यारेसमेन्ट हुन्थ्यो र एक दिन उसलाई तपाई पंखामा झुन्डिएको पाउनुहुन्थ्यो । हामीलाई सहानुभुती दिनुहोस् ।’

Next Post

जीवनको मधुरता के हो ?

३० भाद्र २०७७, मंगलवार १६:०१
सामान्यतया, कुनै पनि वास्नाले मानिसलाई कसरी र कति हदसम्म आकर्षित गर्छ भन्ने कुरा मानिसको शरीर र मनको स्तरमा भर पर्ने गर्छ । त्यसैले त, कहिले काहीँ अनायासै हिँडिरहेका बेलामा समेत हामीलाई कुनै वास्नाले अचानक मोहित पार्ने गर्छ । कति मानिसको दिमागमा यति धेरै नकारात्मकता भरिएको हुन्छ कि उनीहरुलाई कुनै बास्ना […]