अछाम । अछाममा जन्ती बोकेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–१ कुइकामा आइतबार राति भएको दुर्घटनामा चालकसहित १६ जना घाइते भएका छन ।
मृत्यु हुनेमा पञ्चदेवल विनायक–२ का १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीयका सर्व बोहरा र वडा नम्बर ३ का १७ वर्षीय जीवन जैसी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
घाइते १६ जनामध्ये १४ जनाको जिल्ला अस्पताल अछाममा उपचार भैरहेको छ भने दुईजनालाई नेपालगञ्ज लगिएको छ । पञ्चदेवल विनायक–२ का मदन धामी र उपिन्द्र शाहीलाई नेपालगन्ज लगिएको छ । से १ च १७६३ नम्बरको बोलेरो जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ ।


