कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

कर्णालीदृष्टी संवाददाता १ पुष २०७८, बिहीबार १६:५६

काठमाण्डाै – नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदका लागि भएकाे चुनावमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएकाे छ ।

आज बिहीवार भएकाे मतगणनामा गगनकुमार थापाले तीन हजार २३ मत र विश्वप्रकाश शर्माले एक हजार नाै सय ८४ मत प्राप्त गरेर महामन्त्रीमा विजयी हुनुभएकाे हाे । यस्तै डा. प्रकाशशरण महतले एक हजार पाँच सय ५६, प्रदीप पाैडेलले एक हजार तीन सय ९३, डा. मिनेन्द्र रिजालले आठ सय नाै र डा. राजाराम कार्कीले एक सय ६ मत प्राप्त गर्नुभएकाे छ ।

गएकाे साेमवार भएकाे मतदानमा कुल चार हजार ६ सय ८२ मत खसेकाे थियाे । जसमध्ये ४३ मत बदर भएकाे हाे । महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा महत र पौडेल, डा. शेखर कोइराला समूहबाट रिजाल र थापा, प्रकाशमान सिंहको समूहबाट शर्मा, विमलेन्द्र निधिको समूहबाट कार्की उम्मेदवार हुनुहुन्थ्याे ।

महामन्त्रीका ६ जना उम्मेदवारबाट दुई जना महामन्त्रीमा चयन हुनुभएकाे हाे । सभापतिमा देउवा निर्वाचित भइसक्नुभएको छ भने उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित हुनुभएको छ।

महामन्त्रीपछि सह–महामन्त्री र त्यसपछि केन्द्रीय सदस्यको मतगणना गर्ने पार्टीको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

Next Post

कर्णाली प्रदेश सभामा अन्वेषण तथा आविष्कार विधेयक दर्ता

१ पुष २०७८, बिहीबार १६:५६
सुर्खेत । कर्णाली प्रदेश सभा सचिवालयमा ‘अन्वेषण तथा आविष्कार’लाई प्रवर्द्धन गर्न छुट्टै कानून बनाउन विधेयक दर्ता भएको छ । विज्ञान तथा प्रविधि क्षेत्रको विकासको लागि छुट्टै कानून बनाउन भन्दै प्रदेशसभा सचिवालयमा ‘कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक, २०७८’ दर्ता गरिएको हो । प्रदेश सभा सदस्य तथा पूर्वकानूनमन्त्री नरेश भण्डारीले […]