बाढी–पहिरो प्रभावीतलाई तत्काल राहत उपलब्ध गराउईने ।।

कर्णालीदृष्टी संवाददाता ५ कार्तिक २०७८, शुक्रबार ०८:१८

सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले लगातारको वर्षाका कारण आएको बाढी–पहिरोबाट पीडित बनेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउने बताएका छन् । उनले बुधबार मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट बाढी–पहिरोमा मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय भएको बताउँदै भौतिक क्षति भएका परिवारलाई पनि राहत प्याकेज उपलब्ध गराइने बताए ।

‘जलवायू परिवर्तनका कारणले भएको वर्षाले जनधनको ठूलो क्षति पु¥याएको छ,’ बिहीबार कर्णाली र सुदूरपश्चिममा बाढी–पहिरोले पु¥याएको क्षतिको स्थलगत निरीक्षणमा निस्किएका प्रधानमन्त्री देउवाले सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘मृतकका परिवारलाई राहतको घोषणा गरिसकेका छौं, भौतिक क्षतिको मूल्याङ्कन गरेर थप राहत उपलब्ध गराउँछौं।’ उनले बाढी–पहिरोका कारण भएको पुननिर्माणको काम पनि तत्कालै अघि बढाइने बताए।

प्रधानमन्त्री देउवाले कृषकले बाली भित्र्याउने बेला आएको बाढी–पहिरोले ठूलो क्षति पु¥याएको बताउँदै त्यसको मूल्याङ्कन गरेर कृषकलाई पनि राहत दिइने बताए। सुर्खेतमा रहँदा प्रधामन्त्री देउवाले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सुरक्षा अंगका प्रमुखबाट कर्णालीमा बाढी–पहिरोले पु¥याएको क्षतिका विषयमा जानकारी लिएका थिए।

Next Post

विपदमा उद्धार तथा पुनस्र्थापनाको सट्टा जनप्रतिनिधिहरुको बेवास्ता ।।

५ कार्तिक २०७८, शुक्रबार ०८:१८
दैलेख । सोमबारदेखि ४ दिन अविरल वर्षात् हुन थाले यता आइपरेका विपदमा उद्धार तथा पुनस्र्थापना गर्न दैलेखका जनप्रतिनिधिहरुले बेवास्ता गरेको स्थानीयहरुको गुनासो छ । मानवीय क्षति नभए पनि अवरुद्ध भएका सडक खुलाउन र व्यक्तिका घर भत्किएकोमा सहयोग जुटाउन बेवास्ता गरेको स्थानीयले सुनाएका छन् । यो चार दिन कर्णाली राजमार्ग, दैलेख–सुर्खेत […]

सम्बन्धित समाचार