प्यूठानको ओखरपाटामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

कर्णालीदृष्टी संवाददाता २२ माघ २०७८, शनिबार ०९:५७

प्यूठान । प्यूठानमा बेहुला बेहुली सहित जन्ती बोकेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार मृत्यु हुनेमा ५ महिला र ३ पुरुष गरि ८ जना छन् । मृतक कसैको पनि पहिचान नखुलेको उहाँले जानकारी दिनुभयो ।

५ जना घाइतेलाई उपचारका लागि अस्पताल ल्याईएको छ । जिल्लाको नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा आज बिहान ३ बजे दुर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाका अनुसार सडकमा पहिरो गएका कारण जिप दुर्घटनामा परेको हो । जिप सडकदेखि तीन सय मिटर तल खोल्सामा खसेको छ ।

घाइते सबैको प्यूठान जिल्ला अस्पतामा उपचार भइरहेको छ । घटनाको पूर्ण विवरण आईसकेको छैन ।

Next Post

गोठालो भत्ता दिने कर्णाली प्रदेश सरकारको तयारी

२२ माघ २०७८, शनिबार ०९:५७
सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा गोठालो भत्ता दिने तयारी गरेको छ । कर्णाली प्रदेशका हिमाली जिल्ला कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा व्यवसायीक रुपमा भेडा पाल्दै आएका किसानलाइ गोठालो भत्ता निर्णय तयारी गरिएको हो । ५० भन्दा बढी भेडाबाख्रा पाल्ने किसानलाई मासिक एक हजार ५ सय गोठालो […]

सम्बन्धित समाचार