दैलेखमा जिप दुर्घटना,दुई जनाको मृत्यु

कर्णाली दृष्टि संवाददाता ४ जेष्ठ २०७८, मंगलवार १०:०८

दैलेख । दैलेखको दुल्लु नगरपालिका वडा नं. ३ स्याला भन्ने ठाउँमा जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ।

जुम्लाबाट सुर्खेत आउँदै गरेको बा २० च ७१५ नम्बरको जिप दैलेखको दुल्लुमा मंगलबार बिहान दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार जिप चालक गुठिचौर गाउँपालिका ४ जुम्लाका ३८ वर्षीय रामहरि न्यौपाने र सवार सोही ठाउँकि २७ वर्षीय राज्य लक्ष्मी न्यौपानेको मृत्यु भएको हो।
जिपको ब्रेक फेल भएर सडक भन्दा करिव ५ सय मिटर तल खसेको प्रहरीले बताएको छ।

Next Post

दैलेखको महाबु गाउँ कार्यपालिका सदस्य ईद्र सुनार र स्थानीय जस्मादेबि शाहीको कोरोनाबाट मृत्यु

४ जेष्ठ २०७८, मंगलवार १०:०८
दैलेख : महाबु गाउँपालिकाको नव निर्वाचित कार्यपालिका सदस्य ईन्द्र बहादुर सुनारको र जस्मा देबि शाहीको कोरोना बाट मृत्यु भएको छ । महाबु गाउँपालिका गाउँकार्यपालिकाका सदस्य एवम् वडा नं.२ का वडा सदस्य ईन्द्र बहादुर सुनारको जेठ ४ गते कोरोनाबाट मृत्यु भएको छ, करिब एक महिनादेखि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराउदै […]