संक्रमण बढ्न थालेपछी जुम्ला कारागारमा उच्च सतकर्ता अपानाईदै

कर्णालीदृष्टी संवाददाता ११ माघ २०७८, मंगलवार ०७:०१

जुम्ला । कोरोना संक्रमणको तेस्रो लहर बढेसँगै जुम्लाको कारागारमा उच्च सतर्कता अपनाइएको छ । कारागारमा प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको हो ।

जेलर विष्णुबहादुर महतका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भन्दै बन्द गरिएका हो । कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार प्रत्यक्ष बन्द गरिएको हो ।

कारागार घेरबारदेखि बाहिर कम्तीमा १५ मिटर टाढाबाट मात्रै कैदीबन्दी र उनीहरूको आफन्तहरुको भेटघाटसहित कुराकानी हुने गरेको छ । सार्वजनिक स्थलमा स्थानीय प्रशासनले २५ जना भन्दा बढी जमघट र भेला हुन रोक लगाएको छ ।

जेलर महतका अनुसार ‘जोखिम बढेसँगै कैदीबन्दीका आफन्तहरूसँग भेटघाटमा रोक लगाईएको छ । अहिले पनि कारागारमा १६ जना कैदीबन्दी बिरामी छन, उनीहरूलाई ज्वरो आउने, टाउको, जिउ दुख्ने लक्षण देखिएको छ । उनीहरूलाई अहिले औषधि चलाई रहेको कारागारका अहेव महेश महतले बताउनुभयो ।

Next Post

मुगुको विकट गाउँ लिउडीमा पहिलोपटक गाडी पुगेपछि स्थानीय हर्षीत

११ माघ २०७८, मंगलवार ०७:०१
मुगू । छायानाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षीत भएका छन । छायानाथ रारा नगरपालिका वडा नं.६ लिउडी गाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँका स्थानीय बासी खुसी भएका हुन । कोटीला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको ६ किलोमिटर सडकको ट्याक खुलेसँगै आइतबार पहिलो पटक लिउडी गाउँमा […]