कांग्रेस कर्णाली प्रदेशकोे सभापतिमा संस्थापन पक्षका ललितजंग शाही विजयी

कर्णालीदृष्टी संवाददाता १९ मंसिर २०७८, आईतवार ०७:०८

सुर्खेत । नेपाली काँग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी हुनुभएको छ । उहाले प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीलाई १०५ मतान्तरले हराउँदै प्रदेश सभापतिमा ललितजंग विजयी हुनुभएको हो ।

पराजित सभापतिका उम्मेद्वारद्वय भुपेन्द्रजंगले ३ सय १७ मत र मोतीराज बमले ७ मत प्राप्त गर्नुभएको छ । विजयी शाही संस्थापन पक्षका हुनुहुन्छ ।

पराजित भएका भुपेन्द्रजंग संस्थापनईतर (वरिष्ठ नेता रामचन्द पौडेल) समुहका हुनुहुन्छ भने मोतीराज पार्टी उपसभापति विमलेन्द्र निधी समुहका हुनुहुन्छ ।

खसेको कुल ७५४ मत मध्ये ८ मत बदर भएको छ । सभापति बाहेकका अन्य पदाधिकारी तथा सदस्यहरुको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

Next Post

२ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न:दुई हजार बढिले स्वास्थ्य जाँच गराए

१९ मंसिर २०७८, आईतवार ०७:०८
दैलेख । दैलेखमा सन्चालन भएको २ दिने निशुल्क स्वास्थ्य शिबीर सम्पन्न भएको छ । मंसिर १७ गते (शुक्रबार) र १८ गते (शनीबार) स्वास्थ्य सेवा कार्यालय दैलेखमा सञ्चालित शिबीरमा जिल्लाका झण्डै २ हजार बढीले स्वास्थ्य जाँच गराएका छन । नारायण नगरपालिका दैलेखको आयोजना, गेश्चर अफ काइन्डनेसको सहकार्य र एनएमबी बैंक दैलेख […]