लमजुङमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ घाइते

कर्णालीदृष्टी संवाददाता २३ मंसिर २०७८, बिहीबार १३:२३

काठमाडौँ । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ८ भुस्मेनजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

ग १ ज ६३१७ नम्बरको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा मर्स्याङ्दी गापा–२ मा रहेको गणेश माविका एक शिक्षक र एक छात्र रहेको बताइएको छ । साथै अर्का एक स्थानीयको पनि मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन ।

तर मृतक तीनै जनाको पहिचान भएको छैन । लमजुङ जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण बहादुर कार्कीले अहिले घाइतेको उद्वारका लागि घटनास्थलतर्फ जाँदै गरेको बताउनुभयो ।

साथै खुदीको प्रहरी चौकीबाट प्रहरी खटाएको उहाले बताउनुभयो । प्रहरीका अनुसार उक्त जिप मर्स्याङ्दीको स्थानीय कच्ची सडक हुँदै सिमपानीबाट पिस हिलतर्फ जाँदै थियो ।

अहिले स्थानीयहरूले घाइतेहरूको उद्वार गरी अस्पतालतर्फ पठाउँदै गरेको बताएका छन् ।

Next Post

भेरोसेल खोप लगाएका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने

२३ मंसिर २०७८, बिहीबार १३:२३
काठमाण्डाै – सरकारले ६० वर्षमाथिका भेरोसेल खोप लगाएका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिने तयारी गरेको छ । राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा भेरोसेलको दुई मात्रा खोप लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई बुस्टर डोज दिने तयारी भएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ । यस्तै, आज अमेरिकाबाट मोडर्ना खोप […]