डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

कर्णाली दृष्टि संवादाता २८ पुष २०७७, मंगलवार ०७:३३

काठमाडौं :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको हो ।महाअभियोग प्रस्तावमाथि बुधबार छलफल हुनसक्ने बीबीसीले जनाएको छ ।
ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको छ । अमेरिकी संसद क्यापिटल हिलमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको दाबी गरिएको छ । महाअभियोग प्रस्तावमा राष्ट्रपतिको निर्वाचन परिणाम उल्टाउन जर्जियाका अधिकारीहरुलाई दबाब दिएको विषय पनि उल्लेख छ ।

त्यसैले सिनेटकी सभामुख नेन्सी पेलोसीसहित धेरैजसो डेमोक्र्याट पार्टीका सांसद र अन्य नेताहरुले समेत ट्रम्पलाई उनको कार्यकाल समाप्त हुनुअघि नै ह्वाइटहाउसबाट निकाल्न चाहेका छन् ।राष्ट्रपति ट्रम्पको कार्यकाल २० जनवरीमा सकिँदै छ । त्यही दिन नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्दैछन् ।

Next Post

कर्णालीको अदुवा युरोपेली बजारमा

२८ पुष २०७७, मंगलवार ०७:३३
काठमाडौःविगतमा घैयाको भाउमा जाने अदुवाले अहिले राम्रै मूल्य पाउन थालेपछि कर्णालीका अदुवा किसान मख्ख छन् । प्रतिकिलो रु ५–१० मा बिक्री गर्दै आएका उनीहरुले हाल रु ३० देखि ७५ सम्ममा घरकै मझेरीबाटै अदुवा बिक्रीवितरण गर्न पाएका छन् ।यतिबेला अदुवा उत्पादक किसानलाई अदुवा बिक्रीवितरण गर्न भ्याइनभ्याइ छ । यसको सङ्कलन र […]