राहदानी लिनेको सङ्ख्या एक्कासी बढ्यो, व्यवस्थापनमा सरकारको कम्जोरी ।।

कर्णालीदृष्टी संवाददाता १६ कार्तिक २०७८, मंगलवार ०९:४२
  • काठमाण्डौ । पछिल्लो २ हप्तादेखि राहदानी विभागमा राहदानी लिनेको सङ्ख्या एक्कासी बढेको छ । सामान्य अवस्थामा भन्दा अहिले दैनिक दोब्बरको सङ्ख्यामा सेवाग्राही बढ्दा राहदानी बनाउन विभाग आइपुगेकाहरूले समयमा काम सम्पन्न नभएको गुनासो गरेका छन् ।

राहदानी बनाउने सङ्ख्या बढेपछी २ हप्ता देखि विभागले टोकन प्रणाली लागु गरेको छ । जस अनुसार कात्तिक २६ गते सम्मका लागि विभागले टोकन वितरण गरिसकेको छ । बैदेशिक रोजगारिका लागि तिहार अगाडी नै राहदानी बनाउनुपर्ने भए पनि विभागले टोकन वितरण गरिसकेकोले काम नबनेको इलामका उज्ज्वल चापागाईले बताउनुभयो ।

विभागले सामान्य अवस्थामा दैनिक ७ देखि ८ सयलाई राहदानी दिने गरेको थियो । सेवाग्राहीको चाप बढेपछि १ हजार ४ सयलाई एकैदिन राहदानी वितरण गरेको राहदानी विभागले जनाएको छ ।

भीड बढे पनि सकेसम्म सहज हुने गरी काम गरेको विभागका निर्देशक सागर फुयाँलले बताउनुभयो । डिभी भर्ने, रोजगारीका लागि इजराइल जाने र ब्रिटिस आर्मिमा जाने लगायतको प्रयोजनका लागि अहिले राहदानी बनाउनेहरु बढेका छन् ।

Next Post

हिमाली क्षेत्रको संवेदनशीलतालाई विश्व जगतले बुझ्नुपर्छ–प्रधानमन्त्री देउवा

१६ कार्तिक २०७८, मंगलवार ०९:४२
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारणले नेपालको हिमाली क्षेत्र दिन प्रतिदिन प्रभावित हुँदै गैरहेको बताउनु भएको छ । यसको संवेदनशिलताप्रति नेपाल मात्र नभइ सिङ्गो विश्व चिन्तित हुनुपर्ने उहाँको भनाइ छ । संयुत अधिराज्य (बेलायत) को ग्लास्गोमा गएराति आयोजित जलवायू परिवर्तनसम्बन्धी विश्वसम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले हिमाली क्षेत्रको संवेदनशीलतालाई […]