हिमाली क्षेत्रको संवेदनशीलतालाई विश्व जगतले बुझ्नुपर्छ–प्रधानमन्त्री देउवा

कर्णालीदृष्टी संवाददाता १६ कार्तिक २०७८, मंगलवार ०९:४६

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारणले नेपालको हिमाली क्षेत्र दिन प्रतिदिन प्रभावित हुँदै गैरहेको बताउनु भएको छ । यसको संवेदनशिलताप्रति नेपाल मात्र नभइ सिङ्गो विश्व चिन्तित हुनुपर्ने उहाँको भनाइ छ ।

संयुत अधिराज्य (बेलायत) को ग्लास्गोमा गएराति आयोजित जलवायू परिवर्तनसम्बन्धी विश्वसम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले हिमाली क्षेत्रको संवेदनशीलतालाई विश्व जगतले नजिकबाट नियाल्नु पर्ने बताउनु भएको हो ।

विश्व जलवायु परिवर्तनसम्बन्धी पेरिस संझौता कार्यान्वयनका लागि नेपाल प्रतिबद्ध रहेको जनाउँदै प्रधानमन्त्री देउवाले विकसित मुलुक पनि सम्झौता कार्यान्वयनका लागि उत्तिकै जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो । पेरिस सम्झौताले निर्दिष्ट गरेको मार्गचित्रअनुसार नेपालले आफ्ना प्रतिबद्धताहरु पुरा गरेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले नेपालले सन २०४५ भित्र शून्य उत्सर्जनमा पुग्ने लक्ष्य राखेको समेत बताउनुभयो । देउवाले कुल उर्जा मागको १५ प्रतिशत स्वच्छ उर्जाबाट पूर्ति गर्न सुनिश्चित गरिने तथा नेपालको वन क्षेत्र ४५ प्रतिशत कायम गर्ने सो क्रममा बताउनुभयो ।

Next Post

तिहार आजबाट सुरु, काग र कुकुर तिहार भोलि मनाइने

१६ कार्तिक २०७८, मंगलवार ०९:४६
काठमाण्डौ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । आज साँझ यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यमदीपदान आज हुने भए पनि काग र कुकुर तिहार भने भोलि परेको समितिले जनाएको छ । तिथिको […]