एनसेलले ल्यायो विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’ योजना

३ दिनको प्याकमा विद्यार्थीले करसहित मात्र ७ रुपैयाँमा ५० मिनेटको अडियो क्लासको सेवालिन सक्नेछन् भने ७ दिनको प्याकमा करसहित १४ रुपैयाँमा १०० मिनेटको अडियो क्लास

कर्णाली दृष्टि संवादाता २६ पुष २०७७, आईतवार ०७:४६
New brand logo of Ncell – an Axiata company.

काठमाण्डौ :एनसेलले विद्यार्थीका लागि एनसेल अडियो क्लासुको योजना ल्याएको छ । यो योजनामार्फत एनसेलको सिमकार्ड भएका विद्यार्थीले उनीहरुको आवश्यकताअनुसार विभिन्न विषयहरु सजिलै अडियोमार्फत अध्ययन गर्न सक्नेछन् । विद्यार्थीले मोबाइलमार्फत पाठ्यक्रममाआधारित पाठहरु मोबाइलबाटै सुन्दै सिक्न सक्ने एनसेलले जनाएको छ । इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आइभीआर)मा आधारित यो सेवा कम्पनीले आफ्नो ‘अनपज’अभियानअन्तर्गत ल्याएको हो ।
पाठ्यक्रममाआधारित शैक्षिक सामग्री मोबाइल नेटवर्कमार्फत फोनकै प्रयोग गरी आइभीआरबाट सिक्न सकिने एनसेलले जनाएको छ । एनसेलले पहिलो चरण अन्तर्गत अडियो क्लास सेवामा कक्षा १ देखि कक्षा ४ सम्मको पाठ्यक्रमहरु उपलब्ध गराएको छ । साथै कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई ध्यानमा राख्दै चरणबद्ध रुपमा अरु कक्षाहरुको लागि थप पाठ्यक्रमहरु समावेश गर्ने एनसेलले जनाएको छ ।

यो योजनाको प्रयोगका लागि १७१४४ डायल गरी प्राप्त निर्देशनअनुरुप अडियो क्लास सेवाको प्रयोग गर्न सकिने छ । इच्छुक ग्राहकले अडियो क्लास सेवाका प्याकहरु एसएमएस, यूएसएसडी तथा वेब च्यानलमार्फत पनि प्रयोग गर्न सक्नेछन् ।अडियो क्लासको लागि अहिले ३ दिन र ७ दिनको गरी दुई वटा विकल्पहरु रहेको एनसेलले जनाएको छ । ३ दिनको प्याकमा विद्यार्थीले करसहित मात्र ७ रुपैयाँमा ५० मिनेटको अडियो क्लासको सेवालिन सक्नेछन् भने ७ दिनको प्याकमा करसहित १४ रुपैयाँमा १०० मिनेटको अडियो क्लासको सेवाबाट फाइदा लिन सक्छन् ।

कुनै अडियो प्याकअन्तर्गतको निश्चितमिनेट सकिएमा ग्राहकले ५० मिनेटको थप अडियो क्लासको सेवा ७ रुपैयाँमा फेरि खरिद गर्न सक्छन् । यो सेवा सुरु गरिएको पहिलो ५ महिनासम्म अडियो क्लासको प्रत्येक नयाँ ग्राहकले एक हप्ताको लागि यो सेवा निःशुल्क प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ ।

Next Post

अपांग प्रतिभा २०२० मा नौ प्रतिस्पर्धी फाइनलमा प्रवेशः दुईको वाइल कार्ड प्रवेश हुने

२६ पुष २०७७, आईतवार ०७:४६
काठमाडौंः अपागं भएका व्याराइज एण्ड साइन क्रीएटिभ पाईभेट लिमिटेडको आयोजनामा अपांग प्रतिभा २०२० को सेमिफाइनल छनोट कार्यक्रम सम्पन्न भएको छ । अपांगता भएकाहरुमा लुकेर रहेका प्रतिभा अगाडि बढाउने उद्देश्यले गत भाद्रमा आयोजना भएको उक्त कार्यक्रमको सेमिफाइनलको छनोट सम्पन्न भएको छ। गायन , नृत्य , चित्रकला विधालाई समेटेर आयोजना गरिएको कार्यक्रममा […]