जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

कर्णालीदृष्टी संवाददाता १७ कार्तिक २०७८, बुधबार ०९:१७

जाजरकोट । जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

नलगाड नगरपालिका–५ झुल्केडाँडामा भएको दुर्घटनामा नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

ट्र्याक्टरका सहचालक नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका प्रहरीले जनाएको छ । ट्र्याक्टर नम्बर र दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Next Post

आज काग र कुकुर तिहार मनाइँदै

१७ कार्तिक २०७८, बुधबार ०९:१७
काठमाण्डौ । आज काग र कुकुर तिहार मनाइँदैछ । तिथिका घटबढका कारण काग र कुकुर तिहार एकैदिन परेको छ । आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो खानेकुरा दिइ काग तिहार मनाइन्छ । अघि बिहान सवा ७ बजेसम्म त्रयोदशी तिथि थियो । त्यसपछि चतुर्दशी तिथि लागेको छ । बिहानै […]