कर्णाली प्रदेश अस्पतालमा आँखा उपचार सूरु

कर्णालीदृष्टी संवाददाता १७ माघ २०७८, सोमबार ०७:००

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा अबदेखि आँखाको उपचार पनि हुने भएको छ । आइतबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आँखा उपचार सेवाको शुभारम्भ गर्नुभएको छ ।

सेवा विस्तारसँगै अस्पतालमा उपचार गर्न आएका बिरामीहरुको सामान्य आँखा उपचारका लागि बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ ।

अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार अस्पतालमा आँखा उपचार सेवाका लागि दुई जना आँखा रोग विशेषज्ञ डाक्टरसहित तीन जनाको टिम रहेको छ ।

उहाका अनुसार २० लाखको लागतमा आँखा विभाग स्थापना गरी सेवा सुरु गरिएको हो । साथै उपचारका लागि आवश्यक पर्ने उपकरण लगायत अन्य व्यवस्थापनका लागि प्रदेश सरकारसँग रकम माग गरिएको छ ।

Next Post

आठबिसका महिलाहरुलाई ‘फाईबर ब्याग’ सिप बिकास तालिम

१७ माघ २०७८, सोमबार ०७:००
दैलेख । दैलेखको आठबिस नगरपालिका भित्र रहेका महिलाहरूलाई विभिन्न सीप मुलक तालिम दिएर आत्मनिर्भर बनाउन ‘फाईबर ब्याग’ सिप बिकास सम्बन्धी तालिम प्रदान गरिएको छ । उधोग तथा उपभोक्ता हित संक्षण दैलेखको आयोजना तथा आठविस नगरपालीकाको समन्वयमा उक्त तालीम प्रदान गरिएइको हो । आर्थिक रुपमा सक्षम नहुदाँ समाजमा पछि परेका महिलाहरुलाई […]