बेरोजगार युवा उद्यमि बनाउन सहुलियतपूर्ण कर्जा

कर्णाली दृष्टि संवाददाता ३० माघ २०७७, शुक्रबार १६:१७

दैलेख | महाबु गाउँपालिकाले बेरोजगार युवा उद्यमि बनाउन र सहुलियतपूर्ण कर्जा सहजीकरणको लागी सात दिने तालिम दिएको छ।

राष्ट्रिय युवा परिषद्, राष्ट्रिय वाणिज्य बैंक, र महाबु गाउँपालिकाको साझेदारीमा सञ्चालित “सहुलितपूर्ण कर्जा सहजीकरणको लागि उद्यमशीलता तथा वित्तीय साक्षरता कार्यक्रम बिहिवार सम्पन्न भएको हो। उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषद बाट प्रशिक्षण गराउन आएका अर्जुन प्रसाद भट्टराई, नारायणकाजी काशिछ्वा , र बालकृष्ण गैरेले उद्यमशिलताको बारेमा एक हप्तासम्म उत्पादन सम्बन्धि तालिम दिएका छन्, भने सहुलियतपूर्ण कर्जाको लागी राष्ट्रिय बाणिज्य बैंक दैलेखका शाखा प्रमुख चेतन विसिले पनि कर्जाको बारेमा केहि प्रकाश पारेका थिए ।

त्यस्तै महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहिले बिदेशको ढोका आफ्नै गाउँपालिकामा सफल उद्यमि उत्पादन गर्ने । र आफ्नै ठाउँबाट केहि गर्नु पर्छ, भन्दै बिदेशमा हैन नेपालमा उद्योग,कलकारखाना खोलेर आगामी दिनहरूमा रोजगारीका अवसर दिने बताए ।

 

Next Post

प्रधानमन्त्री पदबाट ओलिले तत्काल राजीनामा दिनुपर्छ : नागरिक आन्दोलन

३० माघ २०७७, शुक्रबार १६:१७
काठमाडौं । प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ । जननिर्वाचित संसद विघटन गरेर संविधान र लोकतन्त्रलाई धरापमा पारेको, बलात्कारी, हत्यारालाई कारवाही गर्न नसकेको भन्दै उनीहरूले ओलीको राजीनामा मागेका हुन् । बसन्तपुरबाट शुक्रबार सुरु भएर रत्नपार्क हुँदै भद्रकाली पुगेको सभालाई सम्बोधन गर्दै […]