रुसी र फ्रान्सेली राष्ट्रपतिबीच आप्रवासी संकटबारे छलफल

कर्णालीदृष्टी संवाददाता १ मंसिर २०७८, बुधबार ०७:२५

काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोंबीच फोन वार्ता भएको छ । फोनवार्ताका क्रममा दुई देशका राष्ट्रपतिबीचमा बेलारुस र युरोपियन युनियनकाबीचको आप्रवासी समस्या र सीमा समस्याका बारेमा छलफल भएको छ ।

पुटिनले बेलारुस र ईयू देशका नेताहरूलाई यस विषयमा प्रत्यक्ष वार्ता गर्न आग्रह समेत गर्नुभएको छ । उहाँहरुबीच युक्रेनको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको क्रेमलिनले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

पूर्वी युक्रेनका द्वन्द्वपीडितहरुको व्यवस्थापन राम्रोसँग हुन नसकेका विषयमा पनि उहाँहरुका बीचमा कुराकानी भएको क्रेमलिनले जनाएको छ ।

रुस–फ्रान्स सम्बन्धको लागि, पुटिन र म्याक्रोंले नोभेम्बर १२ मा पेरिसमा दुई देशका विदेश र रक्षा मन्त्रीबिचको नियमित बैठकको प्रशंसा गर्नुभएको छ ।

Next Post

शहीद स्मारक ए डिभिजन लिगमा दुई चरणका खेल दशरथ रंगशालामा हुने

१ मंसिर २०७८, बुधबार ०७:२५
काठमाण्डौ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा दुई चरणका खेल दशरथ रंगशालामा हुने भएका छन् । मंसीर ३ गतेदेखि सुरु हुने प्रतियोगितामा सुरुवाती दुई चरणका सबै खेल दशरथ रंगशालामा हुने भएका हुन् । अखिल नेपाल फुटबल संघ एन्फाले यसअघिको तालिकालाई हेरफेर गरी नयाँ खेल तालिका सार्वजनिक गरेको हो । […]