राजनीति सँगै कृषिबाट पनि मनग्य आम्दानी गर्दै सल्यानका युवा

कर्णालीदृष्टी संवाददाता २ मंसिर २०७८, बिहीबार ०६:५४

सल्यान । राजनीति पेशा होइन, समाजसेवा हो भन्ने मान्यतालाई राजनीतिमा लागेका सल्यानका युवाले व्यवहारमा उतार्न थालेका छन ।

जीविकोपार्जनका निम्ति कृषिलाई पेशा बनाउन थालेका छन् भने राजनीतिलाई विशुद्ध समाजसेवाको रुपमा अघि बढाउने प्रयासमा जुटेका छन ।

शेरबहादुर पुन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कपुरकोट गाउँपालिकाका पार्टी सचिव हुन । चार वर्षदेखि उनी राजनीति सँगसँगै कृषि पेशालाई अंगालिरहेका छन ।

उनले व्यावसायिक बंगुरपालनलाई आफ्नो आय स्रोतको रुपमा लिएका छन । पछिल्लो पटक राजनीतिमा लाग्नेहरु केही काम गर्न नसक्नेहरु, नेताको आसेपासे भएर खान पल्किएका भन्ने गुनासो छ उनले भने, ’सामाजिक रुपमा हेर्दा राजनीति मात्रै गर्नेको जीवनशैली रवाफिलो देखिन्छ जसले जनताको मनमा प्रश्न उब्जनु पनि स्वाभाविक हो । यसलाई तोड्न पनि कृषि कर्ममा जोडिएको हुँ ।

पहिलेको तुलनामा राजनीतिमा बढी समय दिने गरेको बताउँदै समय व्यवस्थापन गर्न सक्ने हो भने राजनीति र कृषि पेशालाई सँगसँगै मजाले चलाउन सकिँदो रहेछ उनले भने ।

चार वर्षदेखि व्यावसायिक बंगुरपालनमा जुटेका पुनले सबै खर्च कटाएर वार्षिक ६ देखि ७ लाखसम्म आम्दानी गर्दै आइरहेका छन । दुईवटा बंगुरबाट व्यावसाय सुरु गरेका पुनले मासुभन्दा पाठापाठी बिक्रीबाट राम्रो आम्दानी हुने बताए ।

एउटा बंगुरले ८ देखि १२वटा सम्म जन्माउने र जन्मिएका पाठापाठी एक महिनापछि बिक्री गर्न योग्य हुने उनको भनाइ छ । एउटा पाठाको पाँच हजारका दरले बिक्री हुने भएकाले बिक्री वितरणको समस्या नहुने उनले बताए ।

व्यावसायिक बंगुरपालनसँगै तरकारी खेतीसमेत गर्दै आइरहेका पुनले तरकारी खेतीबाट पनि वार्षिक २ लाख आम्दानी गर्दै आइरहेका छन । व्यवसायको थालनी गरेदेखि पैसाको लागि अर्काको अघि हात थाप्नु नपरेको उनको भनाई छ ।

यस्तै, वाइसिएल नेपालका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष प्रकाश भण्डारीले पनि राजनीति र तरकारी खेतीलाई सँगसँगै अघि बढाउँदै आइरहेका छन् । २५ रोपनीमा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आइरहेका भण्डारीले राजनीतिलाई धेरैले पेशा बनाउँदा राजनीतिप्रति जनताको विश्वास घटेको अनुभव सुनाउँदै उनले राजनीतिसँगै कृषिमा लागेको बताए । # ThahaKhabar

Next Post

गणकलाई दार्चुलाको छाङरु जान भारतले बाटो दिएन

२ मंसिर २०७८, बिहीबार ०६:५४
दार्चुला । भारतीय प्रशासनले दार्चुलाका दुई गाउँ छाङरु र टिंकरमा जनगणना गर्न व्यवधान खडा गरेको छ । व्यास गाउँपालिका–१ का छाङरु र नेपाल–चीन सीमावर्ती गाउँ टिंकरमा जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागबाट खटिएका कर्मचारी भारतीय बाटो हुँदै जान नपाएपछि दार्चुला सदरमुकाम खलंगामा रोकिएका छन । कात्तिक २५ मै जिल्ला प्रशासन कार्यालय दार्चुलाले […]