शनिबारदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

कर्णालीदृष्टि संवाददाता १९ भाद्र २०८२, बिहीबार ०८:४७

सुर्खेत – शनिबारदेखि अवरुद्ध कर्णाली राजमार्ग सुचारु भएको छ। ‎राजमार्ग अन्तर्गत कालिकोटको गगने खोलामा गएको पहिरो हटाइएसँगै सडक खण्ड आजदेखि पूर्ण रूपमा सुचारु भएको हो।



सडक खण्ड सुचारु भएसँगै यस क्षेत्रका सम्पूर्ण यात्रुहरूलाई आवागमन‌ सुरु भइसकेको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दियो।

‎सडक अवरुद्ध हुँदा यात्रुहरूले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै नेपाली सेना समेत खटिएर पहिरो पन्छाएको थियो।

‎गगने खोला सँधै पहिरो गइरहने स्थान हो । शनिबारदेखि सडक अवरुद्ध हुँदा १३ करोड बराबरको स्याउका ट्रक बाटोमा अलपत्र थिए, मौसम हल्का सुधार भएसंगै सवारी साधनहरु केहि अहिले संचालनमा आएका छन् ।

Next Post

सुर्खेतमा महिलामुखी निःशुल्क स्वास्थ्य शिविर, २५५ महिलाले सेवा पाए

१९ भाद्र २०८२, बिहीबार ०८:४७
सुर्खेत सुन्दर कर्णाली संस्थाको आयोजनामा तथा वुमन फोरम निकुञ्ज अष्ट्रेलियाको आर्थिक सहयोगमा गुर्भाकोट नगरपालिका–११, मेहेलकुना अस्पतालमा महिलामुखी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न। उक्त आयोजना शिविरमा ३० वर्षमाथिका महिलाको पाठेघर मुखको क्यान्सर, अङ्ग खस्ने समस्या लगायतको स्वास्थ्य परीक्षण गरिएको थियो । कुल २५५ महिलाले सेवा लिएका मध्ये २० जनामा समस्या देखिएको र […]