वीरेन्द्रनगरको निषेधाज्ञा आज बिहानदेखि हट्यो : जनजीवन सामान्य बन्दै

कर्णालीदृष्टी संवाददाता १९ फाल्गुन २०७८, बिहीबार १०:०४

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा लागेको निषेधाज्ञा हटेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा आज बिहान ६ बजेदेखि हटाएको जनाएको छ ।

निषेधाज्ञा हटेसँगै जनजीवन सामान्य बन्न थालेको छ । गएको मङ्गलवार बेलुकी ७ बजेदेखि वीरेन्द्रनगरका मङ्गलगढी चोक, एरिचोक, हटिया चोक, हटिया लाइन क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो । वीरेन्द्रनगरमा लगाइएको कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको थियो ।

गएको सोमवार एमसीसीको विरोधमा विभिन्न पार्टीले आह्वान गरेको बन्दका क्रममा वीरेन्द्रनगर तनावग्रस्त बन्दै गएपछि त्यही दिन राति सवा ८ बजेदेखि मङ्गलवार बेलुकी ७ बजेसम्म कर्फ्यु लगाइएको थियो ।

कर्फ्यु हटाएर सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो । शान्ति, सुरक्षाको स्थिति सामान्य अवस्थामा आएकाले निषेधाज्ञा पनि हटाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Next Post

दश लाख मानिसले युक्रेन छाडे : संयुक्त राष्ट्र सङ्घ

१९ फाल्गुन २०७८, बिहीबार १०:०४
रुस–युक्रेन युद्धका कारण दश लाख मानिसले युक्रेन छाडेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । उनीहरु युक्रेन छोडेर छिमेकी देशमा पुगेका छन् । गएको बिहीवार आक्रमण सुरु भएपछि सात दिनमा दश लाखले युक्रेन छाडेका र एक करोड २० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुने जोखिम बढेको राष्ट्र सङ्घको विवरणमा उल्लेख छ । […]