नारायण नगरपालिकाद्धारा एक हजार बढीको निःशुल्क स्वास्थ्य बीमा

कर्णालीदृष्टी संवाददाता १९ जेष्ठ २०७९, बिहीबार ०६:२८

दैलेख । दैलेखको नारायण नगरपालिकाले मानसिक स्वास्थ्य समस्यामा परेका बिरामी र उनका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । मानसिक स्वास्थ्य समस्यामा परेका पालिका भित्रका ११ वटै वडामा गरि हालसम्म १ सय ८९ परिवारका १ हजार ८५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरेको नगरपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा विनियोजन गरेको बजेटबाट मानसिक स्वास्थ्य समस्यामा परेका १ सय ८९ परिवारका १ हजार ८५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको नारायण नगरपालिका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले जानकारि दिए ।

उनका अनुसार विनियोजन गरिएको बजेटबाट निःशुल्क बीमाका लागि ७ लाख ५४ हजार ६ सय रुपैयाँ खर्च भएको छ । नारायण नगरपालिका ५ मा रहेको त्रिवेणी स्वास्थ्य चौकीमा मनोसामाजिक परामर्श कक्ष स्थापना गरी मानसिक समस्या भएका नागरिकलाई परामर्श दिने गरिएको उनले बताए ।

यस्तै मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिको उपचारमा सहजता ल्याउने उद्देश्यले उनीहरू सहित परिवारका सदस्यको निःशुल्क स्वास्थ्य बीमा गरिएको नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले बताए ।

नगरप्रमुख शर्माले नागरिकमा पछिल्लो समय मानसिक समस्या बढ्दै गएकाले नगरपालिकाले १० जना मनोसामाजिक परामर्शकर्ता मार्फत सेवा दिँदै आएको बताका छन । आगामी दिनमा यस्ता प्रकारका नागरिक लक्षित कार्यक्रमहरूलाई नगरपालिकाले निरन्तरता दिने नगरप्रमुख शर्माको भनाई छ ।

Next Post

कात्तिक अन्तिमसम्ममा संघ र प्रदेशसभाको चुनाव गर्ने सरकारको तयारी

१९ जेष्ठ २०७९, बिहीबार ०६:२८
काठमाडौं । सरकारले कात्तिक अन्तिमसम्ममा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी छलफल सुरु भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कात्तिक अन्तिममा निर्वाचन गर्दा उपयुक्त हुने भन्ने विषयले प्रवेश पाएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । उनले भने, ‘कात्तिक अन्तिम वा मंसिर पहिलो सातामा निर्वाचन […]