दैलेखमा २५ हजार ५ सय ६ जना मतदाता थपिए

कर्णालीदृष्टी संवाददाता १४ चैत्र २०७८, सोमबार १६:२८

दैलेख । दैलेखमा पछिल्लो पाँच वर्षमा २५ हजार ५ सय ६ जना मतदाता थपिएका छन । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम सूचीअनुसार आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा दैलेखमा कुल एक लाख ५८ हजार ४ सय ८९ जनाले मतदानमा भाग लिन पाउनेछन् ।

यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा १ लाख ३२ हजार ९ सय ८३ मतदाता रहेका थिए । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि दैलेखको दुल्लु नगरपालिकामा सबै भन्दा धेरै मतदाता छन् । दुल्लु नगरपालिकामा २५ हजार ५ सय २८ जना रहेको आयोगले जनाएको छ ।

यस्तै आठबीस नगरपालिका १६ हजार ५ सय ६७ जना मतदाता छन् । गुराँस गाउँपालिकामा १३ हजार ४ सय ९२, चामुण्डाविन्द्रासैनी नगरपालिकामा १४ हजार ६ सय ३३ जना मतदाता छन् ।

जिल्लाको ठाटीकाँध गाउँपालिकामा १० हजार ३ सय ७५, डुङ्गेश्वर गाउँपालिकामा १० हजार ५ सय ८० जना मतदाता छन् । यसैगरी नारायण नगरपालिका १७ हजार ८ सय ६७, नौमूले गाउँपालिकामा १२ हजार ८ सय ६, भगवतीमाई गाउँपालिका ११ हजार ४ सय ९३ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै भैरवी गाउँपालिकामा १२ हजार ९ सय ३१ र महाबु गाउँपालिकामा १२ हजार २ सय १७ जना मतदाता रहेको आयोगले जनाएको छ ।

Next Post

दैलेखकै पहिलो कवर्ड हलको उद्घाटन ।।

१४ चैत्र २०७८, सोमबार १६:२८
दैलेख । दैलेख सदरमुकामको नारायण नगरपालीका वडा नम्बर १ मा निर्माण सम्पन्न भएको कवर्ड हलको आईतबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । जिल्लाको सदरमुकाममा रहेको त्रिभुवन माध्यामीक बिद्यालयको जग्गामा निर्माण सम्पन्न भएको उक्त कवर्ड हलको आईतबार नारायण नगरपालीकाका नगरप्रमुख रत्न बहादूर खड्काले उद्घाटन गर्नुभएको हो । सो अवसरमा वोल्दै […]

सम्बन्धित समाचार