विश्व सम्झना दिवश दैलेखमा पनि मनाईयो

कर्णालीदृष्टी संवाददाता ६ मंसिर २०७८, सोमबार ०७:०२

दैलेख । सडक दुुर्घटनामा दिवंगत हुने आत्माहरु तथा सम्पूर्ण पीडित प्रति सर्मपित गर्दै विश्व सम्झना दिवश दैलेखमा पनि मनाईएको छ ।

पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखको आयोजनामा आईतबार साझ सदरमुकामको देवकोटा चौकमा सडक दुर्घटनाबाट ज्यान गुमाएकाहरुको सम्झनामा विश्व सम्झना दिवश मनाईएको हो ।

नेपालमा दोस्रो मुख्य कारण सडक दुर्घटनाबाट धेरैको ज्यान जाने गरेको छ । बार्षिक २५ सय बढीले सडक दुर्घटनाबाट ज्यान गुमाउने तथ्याङ्क रहेको छ । सडक दुर्घटना सवैभन्दा बढी मोटरसाईकल रहेको छ । दुर्घटनाका कारणहरुमा सडकको अवस्था, पुराना गाडी, मदिरा सेवन, सिकारु ड्राईभर लगायत रहेका छन् ।

कार्यक्रममा कार्यालयका प्रवक्ता मनिष सिंह, ईन्जिनियर देवेन्द्र भटराई, उद्योग बाण्ज्यि संघका महासचिव राजेश हमाल, पत्रकार अम्मर सुनार लगायतले सवारी दुर्घटनाका विषयमा भनाई राखेका थिए ।

Next Post

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यू

६ मंसिर २०७८, सोमबार ०७:०२
बैतडी । बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।  देहिमाडौँबाट जन्ती लिएर सीमायलतर्फ छुटेको म १ ज ३१० नम्बरको जीप गएराति साढे ८ बजे दशरथचन्द नगरपालिका–४ को कलुवाड मोडमा दुर्घटनामा परेको हो । दुर्घटनामा पाँच जनाको घटनास्थलमै ज्यान […]