बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यू

कर्णालीदृष्टी संवाददाता ६ मंसिर २०७८, सोमबार ०७:५२

बैतडी । बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।  देहिमाडौँबाट जन्ती लिएर सीमायलतर्फ छुटेको म १ ज ३१० नम्बरको जीप गएराति साढे ८ बजे दशरथचन्द नगरपालिका–४ को कलुवाड मोडमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै ज्यान गएको बैतडीका निमित्त प्रहरी प्रमुख बोधराज ओझाले जानकारी दिनुभयो । उहाँकाअनुसार दुर्घटनामा दशरथचन्द नगरपालिका–६ का ४८ वर्षका राजेन्द्रबहादुर चन्द, ३८ वर्षका धनबहादुर चन्द, ६५ वर्षका प्रेमबहादुर चन्द, ६५ वर्षका तारासिंह थापा र ५८ वर्षका खेमसिंह कार्कीको ज्यान गएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ३ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।

Next Post

जनयुद्धले उत्पीडित तथा पिछडीएका वर्गको उत्थानमा सहयोग पुगेको छ : महेन्द्रबहादूर शाही

६ मंसिर २०७८, सोमबार ०७:५२
दैलेख । नेकपा माओवादी केन्द्र कर्णली प्रदेश संसदीय दलका नेता एवंम निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनयुद्धले उत्पीडित तथा पिछडीएका वर्ग र दलीत समुदायको उत्थानमा सहयोग पुर्याएको बताउनुभएको छ । आईतबार नेकपा माओवादी केन्द्र भगवतीमाई गाउपालीका दैलेखको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै नेता शाहीले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै उहाले गठबन्धन […]