२४ घण्टामा दुई सय ६४ जनामा काेराेना पुष्टि, दुई लाख ३६ हजार जनाले खोप लगाए

कर्णालीदृष्टी संवाददाता २९ मंसिर २०७८, बुधबार ०६:४२

काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार सात सय नौ जनाको नमुना परीक्षण गर्दा दुई सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ६२ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख सात हजार पाँच सय १६ पुगेको छ ।

यही अवधिमा दुई जना सङ्क्रमितकाे ज्यान गएकाे छ । याेसहित कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ५९ पुगेको छ ।

अहिले नेपालमा पाँच हजार ६ सय ८९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ३६ हजार चार सय ८२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ९३ लाख ६५ हजार नौ सय १५ जनाले पूर्ण मात्रा र एक करोड १६ लाख २९ हजार ६ सय २१ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

Next Post

समाजमा लुकेका घटना रोकथाम गर्न सचेतनाका कार्यक्रमहरु जरुरी: न्यायाधीश लामिछाने

२९ मंसिर २०७८, बुधबार ०६:४२
दैलेख । जिल्ला अदालत दैलेखका न्यायाधीश दण्डपाणी लामिछानेल चेतनाको अभावमा समाजमा व्याप्त घरेलु हिंसा रोकथाम गर्न सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने भएको औल्याउदै स्थानीय सरकारको अग्रसरता जरुरी रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ‘इन्सेक’ले मंगलवार दैलेखमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि “सन् २०२१ जनवरी देखि संकलन […]