काङ्ग्रेस महाधिबेशन अन्तर्गत दैलेखका दुवै क्षेत्रमा मतादान सम्पन्न

कर्णालिदृष्टि सम्वाददाता ७ मंसिर २०७८, मंगलवार २१:३२

नेपाली काङ्ग्रेसको १४ अाै महाधिवेशन अन्तरगत दैलेखका दुई वटै निर्वाचन क्षेत्रमा मङ्गलबार भएकाे मतादान सकिएकाे छ ।

दुईवटा निर्वाचन क्षेत्र रहेकाे दैलेखमा निर्वाचन क्षेत्र नं. १ मा कुल आठ सय ४० मध्ये ८११ मत खसेकाे छ भने निर्वाचन क्षेत्र नं. २ मा सात सय ७६ मध्ये सात सय ५६ मत खसेको निर्वाचन समितिले जनाएकाे छ ।

निर्वाचन समितिका अनुसार मतदान सम्पन्न भएका दुइ वटै क्षेत्रकाे मङ्गलबार साझदेखि नै मतगणना सुरू भैसकेको छ ।

जिल्लाकाे निर्वाचन क्षेत्र नं. १ काे क्षेत्रिय सभापतिका लागि देउवा पक्षबाट डुंगेश्वर गाउँपालिकाका अध्यक्ष समेत रहेका नगेन्द्र बहादुर मल्ल र पाैडेल पक्षबाट दशरथ खड्काकाे प्यानलबीच प्रतिस्पर्धा भैरहेकाे छ ।                                                                                            यस्तै दैलेख निर्वाचन क्षेत्र नं. २ काे क्षेत्रिय सभापतिका लागि देउवा पक्षबाट भरत प्रसाद रिजाल र पाैडेल पक्षबाट मात्रिका प्रसाद रिजाल को प्यानलबिच प्रतिस्पर्धा भैरहेकाे छ ।
नेपाली काङ्ग्रेस दैलेखकाे जिल्ला केन्द्रीय महाधिवेशन प्रतिनिधी र क्षेत्रीय कार्यसमिति चयनका लागि आज (मङगलबार) निर्वाचन भएकाे हाे ।

Next Post

जुम्लाको सुडीगाउँका प्रत्येक घरमा खानेपानी धारा जडान

७ मंसिर २०७८, मंगलवार २१:३२
जुम्ला । जुम्लाको तिला गाउँपालिका–६ सुडीगाउँमा प्रत्येक घरमा खानेपानी धारा जडान गरिएको छ । खानेपानी आयोजना निर्माणका लागि प्रत्येक घरले ७९ दिन काम गरेका थिए । कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलनसम्बन्धी कार्यक्रम (क्याप्स कर्णाली परियोजना) अन्तर्गत धारा जडान गरिएको हो । अहिले प्रत्येक […]