जुम्लाको सुडीगाउँका प्रत्येक घरमा खानेपानी धारा जडान

कर्णालीदृष्टी संवाददाता ८ मंसिर २०७८, बुधबार ०६:४६

जुम्ला । जुम्लाको तिला गाउँपालिका–६ सुडीगाउँमा प्रत्येक घरमा खानेपानी धारा जडान गरिएको छ । खानेपानी आयोजना निर्माणका लागि प्रत्येक घरले ७९ दिन काम गरेका थिए ।

कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलनसम्बन्धी कार्यक्रम (क्याप्स कर्णाली परियोजना) अन्तर्गत धारा जडान गरिएको हो ।

अहिले प्रत्येक घरमा खानेपानी धारा जडान गरिएको सुडीगाउँकी स्थानीय गौरीकला रावलले बताउनुभयो । उहाका नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारी तथा साझेदारी सहयोग केन्द्र (पेस–नेपाल) जुम्ला एवं अनुकूलन कोषको आर्थिक सहयोगले धारा जडान गरिएको हो ।

स्थानीय धनबहादुर रावतले खानेपानी आयोजना निर्माण गरेबापत (क) र (ख) वर्गका ९७ घरले प्रतिघरले ५७ हजार ६३२ रुपैयाँ पाएको बताउनुभयो । आयोजना सम्पन्न गर्न ८४ लाख ८५ हजार ५१७ रुपैयाँ खर्च भएको पेस नेपाल जुम्लाले जनाएको छ ।

सुडीगाउँ अहिले पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन । त्यहाँका बासिन्दाले दैनिक उपभोग्य वस्तु‚ विकास निर्माणका सामग्रीका साथै आफ्ना उत्पादन बोकेर वा खच्चरबाटै ओसारपसार गर्ने गरेका छन ।

Next Post

रुख कटान नहुँदा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ

८ मंसिर २०७८, बुधबार ०६:४६
सुर्खेत । रुख कटानको प्रक्रिया अघि नबढ्दा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम प्रभावित भएको छ । आयोजना निर्माणका लागि बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रका रुख कटान नहुँदा टावर निर्माणको कार्य प्रभावित भएको हो । आयोजनाले बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रअन्तर्गतका १३ हजार ११९ रुख कटान गर्न प्रस्ताव […]

सम्बन्धित समाचार