जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २७ जना घाइते

कर्णालीदृष्टी संवाददाता १२ मंसिर २०७८, आईतवार ०८:२१

काठमाडौं । जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना ६ख २७५७ नम्बरको बस आज बिहान साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौर भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिनुभयो । मृतकहरुको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइतेहरू सबैलाई उपचार गर्न जिल्ला अस्पताल जाजरकोट पु¥याइएको छ ।

दुर्घटनास्थल जाजरकोट सदरमुकामबाट करीब ११ किलोमिटर पश्चिममा पर्दछ । बस सडकबाट करीब दुई सय मिटर तल खसेको छ ।

बस दुर्घटनाको कारण खुलेको छैन । चालक प्रहरी नियन्त्रणमा रहेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

Next Post

कांग्रेस अधिबेशन : दैलेख मतगणना अपडेट

१२ मंसिर २०७८, आईतवार ०८:२१
दैलेख। नेपाली कांग्रेसको दैलेख जिल्ला कार्यसमिति चयनका लागि भएको निर्वाचनको अहिले मत गणना जारी छ । मत गणना जारी रहँदा मत परिणाम समेत सार्वजनिक भईरहेको छ । यो समाचार तयारपार्दा सम्मको ताजा मत परिणम अनूसार ८ सय २ मत गणना हुँदा जिल्ला सभापतिका उम्मेदवार मणिराम रेग्मीले ४१८ मत प्राप्त गर्दै […]